लोकेश्वरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न
पुष २३, २०७९, शनिबार | दिउँसो १२:२६ बजे | 30
भक्तपुर, २३ पुस । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं बार्षिकउत्सवको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनामा रक्तदान, हाडजोर्नी तथा नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर स्थानीय भक्तपुरको तेखापुखुमा सम्पन्न भयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधी तथा संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले भक्तपुरमा समुदायमा आधारित सहकारीले सामाजिक दायित्व निर्वाह गर्दै आएकोमा खुसी व्यक्त ग¥यो । गैह्र समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको तथा वित्तिय बजारमा देखिएको आर्थिक मंन्दीको मार जनस्तरमा दैनिक विभिन्न घटनाबाट छर्लड्ड भएको बताउनु भयो । संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित संस्थाको महत्व र संस्थाले हालसम्म वित्तियका अलावा सामुदायिक दायित्व निर्वाह गर्दै आएका गतिविधिबारे जानकारी दिनुभयो ।
२८ जनाले रक्तदाताले रक्तदान गरेको थियो भने ६५ जनाले हाडजोर्नी तथा नसा सम्बन्धी चेकजा“च गरी स्वास्थ्य लाभ लिएको उक्त कार्यक्रममा निःशुल्क औषधी वितरण समेत गरेको जानकारी स्वास्थ्य उपसमितिका संयोजक प्रज्वल खत्री बताउनु भयो । संस्थाको १८औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यहि पुस ३० गते अन्तर सदस्यीय महिला डोरी तान्ने प्रतियोगिता, पुरुष व्याडमिन्टन प्रतियोगिता तथा बाल बचतकर्ताहरुबीच नेपालभाषामा सस्वर वाचन कार्यक्रम हुने जानकारी संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले दिनुभयो ।