दूधको मूल्य बढाएकामाथि कारबाहीको माग
पुष १६, २०७९, शनिबार | विहान ११:५१ बजे | 20
सम्माननीय प्रधानमन्त्रीज्यू,
सबै भन्दा पहिला २०७९ को प्रतिनिधी सभाको निर्वाचन माफत गठन भएको नवगठित मन्त्री परिषदको नेतृत्व गर्दै प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाइ तथा शुभ कामना चढाउछौं, साथै तपाईको सफल कार्यकालको लागी शुभ कामना पनि व्यक्त गर्दछौं ।
नव गठित मन्त्री परिषदले देशको बागडोर सम्भाल्न पनि पाएको छैन जीवनको हरेक तह र तप्कालाई चाहिने दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको दूध तथा दूग्धजन्य पदार्थको मूल्यमा अचाक्ली भाउ बढाउने काम नेपाल डेरी उद्योग संघ र यस संग आबध्द डेरी उद्योगहरुले प्रति लिटर रु.१४ बढाउने काम गरेकोछ । मिति २०७९ पौष १६ गते देखि लागु हुने गरी गरिएको यस मूल्यबृध्दिले आम उपभोक्तालाई अत्यन्त ठूलो आर्थिक भार पर्ने निश्चित छ नै यो भन्दा पनि ठूलो कुरा नयां सरकारलाई नकारात्मक चुनौती दिने काम समेत गरेको हामीले महसुस गरेकाछौं ।
मिति २०७८ माघ महिनामा रु. ६० प्रति लिटरबाट बढाएर ८६ रुपैयां गरेको एक बर्ष पनि नपुग्दै प्रति लिटरमा नै १४ रुपैयां बढाउने निजी क्षेत्रको यो दुष्कार्य राष्ट््िरय दूग्ध ऐन र नीति नियम बिपरित भएको व्यहोरा अनुरोध गर्दै एक पटक मूल्य बढाएको मितिले कम्तिमा दुई बर्ष मूल्यबृध्दि गर्न नपाउने नियम निजी क्षेत्रले उल्लंघन गरेकोछ । राष्ट््िरय दूग्ध उत्पादक सहकारी संघ, राष्ट््िरय दुग्ध बिकास बोर्ड तथा अन्य सरोकारवाला निकायहरुलाई कुनै जानकारी नै नदिई एक्कासी नेपाल डेरी उद्योग संघले केही सिमित दुग्ध उद्योगहरुको स्वार्थको लागी प्रति लिटर रु. १०० उपभोक्ता मूल्य कायम गर्ने कार्य गैरकानूनी भएको हुंदा नेपाल सरकारको ध्यान गम्भिररुपमा आकर्षित गर्दै डेरी उद्योग तथा नेपाल डेरी उद्योग संघबाट गरेको मूल्यबृध्दि तत्काल फिर्ता लिन लगाउन र गैरकानूनी कार्य गरेकोमा आवश्यक कानूनी कारवाही गर्नको लागी आम उपभोक्ताको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।
हामीलाई आशा एवं बिश्वास छ, भ्रष्टाचार एवं अनैतिक कृयाकलाप बिरुध्द शून्य सहनशीलता अपनाउन दृढ संकल्पित नया सरकारले आम उपभोक्ता माथि गरेको अन्यायपूर्ण मूल्यबृध्दिको बिरुध्दमा कडा कारवाही गरी राहत प्रदान गरिनेछ ।
(प्रेमलाल महर्जन)
अध्यक्ष