ललितपुर महानगर घरेलु प्रदर्शनी हुने
पुष १४, २०७९, बिहीबार | दिउँसो ०३:५१ बजे | 60
ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर महानगर समितिद्वारा आयोजित ललितपुर महानगर घरेलु प्रदर्शनी नियमितरुपमा संचालन गर्ने उद्देश्यकासाथ यहि मिति २०७९ पुष १५ र १६ गते ललितपुर महानगरपालिकाको पूर्व पत्तिको प्रांगण (पोखरि भएको स्थान) मा संचालन हुँदैछ । जसवाट ललितपुर जिल्ला र नेपाल भरि छरिएर रहेका लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा कार्यरत उत्पादक, वजार प्रवद्र्धक, निर्यातक एवं सेवा प्रदायक कम्पनी÷संस्थाहरुले लाभ उठाउन सक्ने आशा राखेका छौं । ललितपुर तथा नेपालमा उत्पादित बस्तु तथा सेवाहरु वारे क्रेता तथा बिक्रेताहरुले यस प्रदर्शनीवाट समयसापेक्ष लाभ उठाउन सक्नेछन् ।
यस महासंघले यस्तै किसिमका प्रदर्शनिहरु विगतमा दुई संस्करण सम्पन्न गरीसकेको र महासंघको केन्द्रीय र विभिन्न निकाय तथा तहहरुले आयोजना गरेका प्रदर्शनीहरुको अनुभवले यस संस्करण र आगामी संस्करणहरु यहाँहरुको साथ सहयोगले सफलतापूर्वक सम्पन्न हुने विश्वास लिएका छौं ।
यस प्रदर्शनीमा नेपालमा उत्पादित र जनमानसलाई अत्यावश्यक हुने बस्तु तथा सेवाहरुको प्रदर्शन हुनेछन् । यी बस्तु तथा सेवाहरुको प्रवद्र्धन, खरिद बिक्रि, सम्वन्ध बिस्तार, आदी कृयाकलापमा निरन्तरता आई समग्र नेपालको ब्यापार घाटा घटाउनमा उल्लेख्य योगदान पुग्न जाने अपेक्षा लिएकाछौं ।
हाल नेपालमा रहनू भएका समस्त नेपाली उपभोक्ता, उत्पादक, निर्यातक, बजार प्रवर्तक, वित्तिय संस्था, प्रविधि प्रवर्तक, शिक्षाविद्, निति निर्माता, सरकारी तथा गैह्र सरकारि निकाय, बिकास साझेदार, संचारकर्मी, आदि संग सम्वन्धित सरोकारवाला संघ संस्थाहरुले यस ललितपुर महानगर घरेलु प्रदर्शनी ९ःब्म्भ् क्ष्ल् ल्भ्एब्ी भ्ह्ज्क्ष्द्यक्ष्त्क्ष्इल्० अवलोकन गर्नु भै यथोचित लाभ प्राप्त गर्न सक्ने छन् ।
तसर्थ नेपालमा रहनु भएका समस्त आर्थिक क्षेत्र विकास र प्रवर्धन क्षेत्रमा कार्यरत विद्वत वर्ग, क्रेता बिक्रेता, आम उपभोक्ता, संचारकर्मीहरुमा ललितपुर महानगर घरेलु प्रदर्शनी ९ःब्म्भ् क्ष्ल् ल्भ्एब्ी भ्ह्ज्क्ष्द्यक्ष्त्क्ष्इल्० अवलोकन गरी यथोचित प्रचारप्रसार एवं आवश्यक सहयोगका साथ लाभ उठाउन हुन हार्दिक अनुरोध गरिन्छ ।