१० वडा कार्यालयद्वारा स्वासप्रस्वास सम्बन्धि स्वास्थ शिविर
पुष १०, २०७९, आइतबार | दिउँसो ०२:५० बजे | 20
भक्तपुर, पुस १०। भक्तपुर नगरपालिका वडा नं १० को आयोजनामा स्वासप्रस्वास रोग सम्बन्धी स्वास्थ शिविर संचालन गरेको छ । सो शिविरमा भक्तपुर नगर भित्रका १, ६, ७, ९ तथा १० र चांगु नारायण नगरपालिका खरिपाटीका जनताले लाभ लिएका थिए । ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, डा. बालकृष्ण चांगुभारी र डा. राजु मुनंकर्मी, ख्वप अस्पतालका नर्सहरूको प्राविधिक सहयोग तथा १० वडाका स्वास्थ्य स्वयंसेवकहरूले विभिन्न वडाका ११० जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए । सो शिविरमा धुम्रपान र वायु प्रदुषणको कारण बहुसंख्यक वडाबासीको स्वासप्रस्वास प्रक्रियामा खराबी देखिएको छ । ६० वर्ष भन्दा माथिका लागि गरिएको उक्त शिविरमा ८४ वर्षका दुई जना जेष्ठ नागरिक देखि ४२ वर्षसम्मका नागरिकले आफ्नो स्वासप्रस्वास रोगको अवस्था बारे सचेत भएको देखिन्छ ।