भक्तपुर बचतबाट निःशुल्क आँखा शिविर


पुष १०, २०७९, आइतबार | विहान ०७:३५ बजे | 40


भक्तपुर बचतबाट निःशुल्क आँखा शिविर

भक्तपुर – भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भक्तपुर सामुदायिक आँखा अस्पताल, च्याम्हासिंहको प्राविधिक सहयोगमा स्थानीय सूर्यमढीमा शनिवार आँखा शिविर भयो ।
उक्त कार्यक्रममा जम्मा एक सय ३८ जनाले आँखा परीक्षण गराएकोमा १२ जनामा मोतीविन्दुको लक्षण देखिएको छ । मोतीविन्दुको लक्षण देखिएका १२ जनालाई पुस १६ गतेभित्र रगतको जाँच गराई रिपोर्टसहित पुस १७ गते सामुदायिक आँखा अस्पताल, च्याम्हासिंहमा सम्पर्क आग्रह गरेको छ ।
संस्थाले आर्थिकका साथै स्वास्थ्यवर्दक  क्रियाकलाप, विभिन्न समयमा सामाजिक, सांस्कृतिक, खेलकुद, व्यावसायिक तालिम तथा प्रबर्दनात्मक क्रियाकलापहरु गरिरहेको जानकारी दिएको छ ।

Comments