निष्पक्षता र गम्भिरतापूर्वक गरिने विवेचना वा समालोचना नै समिक्षा
पुष ९, २०७९, शनिबार | दिउँसो १२:२५ बजे | 35
भक्तपुर, ९ पुस । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को ११ स्थापना दिवस तथा समिक्षा कार्यक्रम सल्लाहकार रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा एक समारोहबीच संस्थाको सभाकक्ष जगातिमा शनिवार सम्पन्न भयो ।
अतिथि रामकृष्ण प्रजापतिले “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भने नारासाथ यस संस्थाको दशौं साधारण सभाको समिक्षा गर्दै कुनै पनि कार्य सफल र सुधार गर्नुपर्ने छुट्टयाई निष्पक्षता र गम्भिरतापूर्वक गरिने विवेचना वा समालोचना नै समिक्षा हो भन्नुभयो । उहा“ले साधारण सभाको समिक्षा गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा यसपाली बिस्तृत रुपमा कारोबार र ऋण उठाउने कार्य हुन नसकेको अवस्थामा र बन्दाबन्दीले गर्दा प्रायः सम्पूर्ण क्षेत्र मुर्दा शान्ति जस्तै शान्त भएको बेला साथै व्यवसाय लगायत अन्य गतिविधि पनि ठप्प ६५ लाख नाफा लिन सक्नु उपलब्धि नै हो भन्नुयो । उहा“ले स्थापना दिवस सप्ताहव्यापि कार्यक्रम गरी सदस्यता वितरण, स्वास्थ्य परिक्षण, रक्तदान लगायत विभिन्न कार्यक्रम गरी मनाउन पाए अझ सुनमा सुगन्ध हुने बताउनुभयो । उहा“ले संस्थापक, विभिन्न उपसमितिहरु लगायत सहकारी विद्हरु राखेर मनाउन पाए अझ सहकारी सम्बन्धि ज्ञान हासिल गर्न पाउने बताउनुभयो । उहा“ले अहिले ११ स्थापना दिवश भनेको ११ बर्षको चन्चले बच्चा जस्तै हाम्रो सहकारी सदस्यहरुमा सहकारी सम्बन्धि पूर्ण ज्ञानका साथ सहकारी सिद्धान्त, मुल्य, मान्यताका साथ चन्चल भई अगाडि बढ्नु पर्ने भन्नु हुदै“ सो व्यवहारमा लागू हुन सकेन भने भविष्यमा सहकारी विकृति तर्फ धकेलिन सक्ने भएकोले सहकारी मुल्य मान्यता, सिद्धान्त, सहकारी ऐन, विनियम र सहकारीको आन्तरिक कार्यविधि अनुसार संचालन हुनु अति आवश्यक छ साथै यसरी संचालन गरे सहकारीको भविष्य उज्ज्वल हुनेछ भन्नुभयो । उहा“ले ऋण संस्थाको मेरुदण्ड हो यसको सहि व्यवस्थापनबाट नै संस्थाको आय हुन्छ । जसवाट वित्तीय लागत, संचालन लागत तथा जोखिम खर्च समेत व्यहोरिने गरी लगानीकर्ता (सदस्यहरु)लाई उचित प्रतिफल समेत दिलाउन सक्षम हुनु पर्दछ भन्नुभयो ।
उहा“ले भाखा नाघेको ऋण भन्नाले तोकिएको समयमा असुलि नभएको ऋणको सावालाई बुझाउ“छ । यसमा ऋणको सम्पूर्ण सावा समावेश गरिदै“न तर जोखिममा रहेको ऋण भन्नाले कुनै पनि भाखा नाघेका ऋणको सम्पूर्ण रकमलाई जनाउ“छ । किनभने ऋणको एक वा दुई किस्ता नघाउने ऋणीले उसंग वा“कि रहेको सवै ऋण नतिर्ने सम्भावना हुन्छ र सवै ऋण खतरामा रहेको मानिन्छ भन्नुयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाई तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले आर्थिक प्रगतिको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने प्रबन्धक दयाराम तजलेले पनि बोल्नु भएको थियो ।