काेरिया मैत्री अस्पताल मध्यपुर थिमिमा डाईलायसिस सेवा शुरू गर्ने
पुष ७, २०७९, बिहीबार | विहान ०७:५२ बजे | 45
थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल काेरिया मैत्री अस्पताल मध्यपुर थिमिमा चाडै नै डाईलायसिस सेवा शुरू गर्ने भएकाे छ ।
राेटरी क्लव अफ सांग्ली मिडटाउनकाे प्राविधिक सहयाेग, राेटरी क्लव अफ जवलपुर वेष्टकाे आर्थिक सहयाेग र राेटरी क्लव अफ मध्यपुर मार्फत मध्यपुर थिमि नगरपालिकासंग सहकार्यमा नेपाल काेरिया मैत्री अस्पताललाई ४ वटा डाईलायसिस मेसिन सहयाेग प्रदान गरेकाे छ । आज पुस ७ गते बिहिवार अस्पताल भवनमा एक कार्यक्रमकाे आयाेजना गरि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र राेटरी ईन्टरनेशनल डिष्ट्रक ३२९२ का पुर्व डिजि किरणलाल श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण अस्पताललाई हस्तान्तर गरेकाे छ ।
राेटरि क्लवले ४ वटा डाईलायसिस मेसिनका लागि करिव ४१ लाख ७५ हजारकाे र मध्यपुर थिमि नगरपालिकाबाट करिव २० लाख सहयाेग गरेकाे उक्त प्राेजेक्ट सफल बनाउनमा महत्वपुर्ण भुमिका खेलका पुर्वअध्यक्ष उषा प्रजापतिले जानकारी दिनुभएकाे छ ।
हस्तान्तरण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष सुरेन्द्रविक्रम प्रजापति, अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, अस्पतालका निर्देशक डाक्टर डिके राैशनलगायतका ब्यक्तिले सहयाेगले नगरवासीहरूकाे स्वास्थ्य सेवा दिनेमा थप नाैलाे आयाम भएकाे र आगामी दिन अस्पताल, नगरपालिका र क्लवबिच एकआपसमा सुमुधुर सम्बन्ध कायम गरि थप सहयाेगहरू आदान प्रदान गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।