यसकारण खुशी हुनुहोस् मध्यपुर थिमिका बृद्धबृद्धा
पुष १, २०७९, शुक्रबार | दिउँसो ०३:१७ बजे | 25
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा रहेका ६० वर्ष पूरा भई ७० वर्ष ननाघेका जेष्ठ नागरिकहरुको जेष्ठ नागरिक स्वास्थ्य विमा नगरपालिकाले गरिदिने भएको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको जेष्ठ नागरिक स्वास्थ्य विमा सम्वन्धमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । बैठकमा बागमति प्रदेश विमा बोडका पदाधिकारीहरुकोसमेत उपस्थिति रहेको जनाइएको छ ।
बैठकले जेष्ठ नागरिक परिवारको सदस्य संख्या पाँंच जनासम्म भएकोमा सवै सदस्इको विमा प्रिमियम (योगदान) वापतको रकम नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ । साथै जेष्ठ नागरिकप्रति आश्रित बाबुआमा नभएका टुहुरा नाबालकहरु रहेको हकमा परिवारका सदस्इ सवै जनाको स्वास्थ्य विमा प्रिमियम नगरपालिकाबाट व्यवस्थ गर्ने निर्णय गरेको जनाएको छ । साथसाथै जेष्ठ नागरिकको विमालेख बापतको रकम नगरपालिकाले स्वास्थ्य विमा वोर्डलाई उपलव्ध गराउने निर्णय भएको जनाएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जेष्ठ नागरिक बिमा कार्यक्रम २०७९ पुस १ गते शुक्रबारबाट जनप्रतिनिध यस नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णकुमार प्रजापति र कार्यपालिका सदस्य सरस्वती खड्का तथा बालकृष्ण परियारबाट सुरु भएको जानकारी गराए ।