भक्तपुर अस्पताल व्यवस्थापन समितिमा कायस्थ
पुष १, २०७९, शुक्रबार | विहान ११:४७ बजे | 0
भक्तपुर । भक्तपुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रमन कायस्थ नियुक्त भएका छन् । उनी नेपाली कांग्रेस भक्तपुर सूर्यविनायक नगरपालिकाका उपसभापति हुन् । यसअघि समितिको अध्यक्षमा एमालेका मिलन सुवाल रहेका थिए । सुरुमा माओवादी रहेका उनी पछि एमाले प्रवशे गरेका थिए । अहिले सुवाल एमाले जिल्ला सहसचिव हुन् । समितिको अध्यक्षमा राजनीतिक नियुक्त हुने गर्दछ ।