मोडर्न स्कुलका संस्थापकबाट सूर्यविनायक सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिङ्ग


मंसिर २१, २०७९, बुधबार | दिउँसो १२:१६ बजे | 0


मोडर्न स्कुलका संस्थापकबाट सूर्यविनायक सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिङ्ग

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जे निवासी, मोडर्न स्कुल र कलेज दधिकोट र सृजना नगरका संस्थापक श्री बाबुकाजि कसपालले उहाँको स्वर्गीय पूर्वज जिजुबुबा काजिमान कसपाल, स्वर्गीय हजुरबुबा रामलाल कसपाल, स्वर्गीय बुबा रत्नलाल कसपाल, स्वर्गीय  मुमा च्यान्टीमाया कसपाल र दिवंगत हुनुभएका उहाँका  ज्ञात, अज्ञात सकल पितृजनहरूको सम्झनामा सूर्य विनायक नगरपालिका , वडा नं ५, कटुञ्जेको सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र सप्तऋषि  स्थापना गर्नुभयो ।

  १०८ शिवलिङ्ग स्थापना गरि पूजन गर्ने कार्यका लागि मंसिर २० गते पूर्वाङ्ग यज्ञादि र मंसिर २१ गते  शिवलिङ्ग प्राण प्रतिष्ठा रूद्रि पूजन, लाखबत्ति प्रज्वलन गरि यसको उद्घाटन सूर्य विनायक नगरपालिकाका नगर प्रमुख श्री बासुदेव थापाज्यूले गर्नुभयो । यस १०८ शिवलिङ्ग, सप्तऋषि सहित यसको परिसर कार्यमा लाग्ने सम्पूर्ण आर्थिक व्ययभार बाबुकाजि कसपालले नै योगदान गर्नुभएको स्वर्गद्वारी सन्यास आश्रम  सुवर्णेश्वर कटुञ्जे का अध्यक्ष मुकुन्द प्रसाद लुइँटेलले बताउनुभयो ।

Comments