भक्तपुरमा आयुर्वेद अस्पताल निर्माणको तयारी
मंसिर २१, २०७९, बुधबार | विहान ०५:५४ बजे | 25
भक्तपुर । भक्तपुरमा आयुर्वेद अस्पताल निर्माणको तयारी सुरु गरिएको जनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरले यसका लागि तयारी सुरु गरेको जनाएको हो ।
त्यसको लागि जिल्लाका दुई वटा नगरपालिकाहरुमा जग्गा खोजी कार्य सुरु भएको जनाएको छ । जिल्लाबासीहरुलाई आयुर्वेद उपचार पद्धतिबाट उपचार गरी सेवा दिने उद्देश्यका साथ यस्तो योजना सुरु गरिएको जनाइएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरका कार्यालय प्रमुख आयर्वेद चिकित्सक डा नरेन्द्रप्रसाद गिरीले योजना अनुसार जिल्लाको दुई वटा नगरपालिकाहरुमा जग्गाको खोजी कार्य थालेको जनाए । विशेष गरेर जिल्लाको सूर्यविनायक र चाँंगुनारायण नगरपालिका क्षेत्रमा जग्गाको खोजी कार्य थालेको उनले जनाए । ती दुई नगरपालिकाहरुसँंग समन्वय गरी पर्ति जग्गा खोज्ने कार्य जारी रहेको उनले सुनाए ।
आयुर्वेद सेवा प्रबद्र्धनका लागि स्थानीयस्तरका पत्रकारहरुसँंग मंगलबार जिल्ला प्रशाशन कार्यालय हलमा गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरका कार्यालय प्रमुख आयर्वेद चिकित्सक डा गिरीले जिल्लाबासीलाई बैकल्पिक उपचार पद्धतिबाट पनि सेवा दिन योजना अनुसार काम गअािड वढाइरहेको स्पष्ट पारे । जिल्लामा सरकारी स्तरबाट भक्तपुर अस्पताल एउटा मात्रै छ । यसबाहेक यहाँं अन्य विभिन्न निजी अस्पतालहरु पनि छन् ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले साइड इफेक्ट नपार्ने यो उपचार पद्धतिको विकासमा सवैले जोड दिनुपर्ने बताइन् । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर खड्काले अहिलेको महँंगो उपचारको बेला यो उपचार पद्धति उपयुक्त भएको बताए ।
कार्यक्रममा नेपालको आफनै उपचार पद्धतिको रुपमा रहेको यो उपचार पद्धतिलाई अगाडि वढाउनुपर्नेमा जोड दिए । जडिवुटीलगायतबाट उपचार हुने यो उपचार विधि सिक्नका लागि संसारका विभिन्न देशका मानिसहरु नेपाल आइरहने भन्दै उनीहरुलाई यसलाई अगाडि वढाउनुपर्ने खाँंचो औल्याए । यसका लागि जडीवुटी खेतीलाई नगदेवालीको रुपमा व्यवसायिक रुपमा अगाडि लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा जनाइए अनुसार यो पद्धतिबाट उपचार गर्दा २३ थरीका औषधिहरु निःशुल्क पाइन्छ । कार्यक्रममा जानकारी गराए अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरले मात्रै वार्षिक १४ हजार विरामीह्रुलाई सेवा दिंदै आएको छ । कार्यालयले जिल्ला कार्यालयसहित जिल्लाभित्रका विभिन्न सरकारी आयुर्वेद संस्थाहरुबाट ती सेवाहरु दिइरहेको जनाइयो । नागरिक आरोग्य सेवा केन्द्रको रुपमा नागरिक आरोग्य सेवा केन्द्र भक्तपुर नगरपालिका वडा नं ६ चोंछें, नागरिक आरोग्य सेवा केन्द्र चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरी, नागरिक आरोग्य केन्द्र सूर्यविनायक नगरपालिका वडा नं १० जोरपाटीमा रहेका छन् । साथै आयुर्वेद औषधालयको रुपमा खरिपाटी आयुर्वेद औषधालय चाँंगुनारायण नगरपालिका वडा नं ६ खरिपाटी, मध्यपुर आयुर्वेद औषधालय मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली रहेका छन् । कार्यालयले नियमित रुपमा विशेषज्ञ आयुर्वेद चिकित्कसहरुद्धारा विरामी परीक्षण र परामर्श सेवालगायतका सेवाहरु निरन्तर प्रदान गर्दै आइरहेको जनाइएको छ । साथै हाडजोर्नी तथा नशा रोग, दम, पिनास, टाउको दुखाई, माइग्रेन, अनिन्द्रा, तनाव, उक्तरक्तचापलगायतमा पनि सेवा दिइरहेको जनाइयो ।