कलाकार सरोज खनालले गरे भक्तपुरको बचतको साधारणसभाको उदघाटन


मंसिर १७, २०७९, शनिबार | विहान १०:३० बजे | 15


कलाकार सरोज खनालले गरे भक्तपुरको बचतको साधारणसभाको उदघाटन

भक्तपुर, १७ मंसिर । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को दशौं साधारण सभा बरिष्ठ कलाकार तथा अभिनेता एवम् निर्देशक सरोज खनालको प्रमुख आतिथ्यतामा महेश्वरी बैंक्वटमा एक समारोहबीच शनिवार सम्पन्न भयो । 
प्रमुख अतिथि सरोज खनालले ‘एकका लागि सबै, सबैका लागि एक’ भने सहकारीको नारा सर्वव्यापी भएको बताउनुभयो । उहाले जनमानसमा बचत गर्नुपर्ने भावना विकास भएपछि कहा बचत गर्ने भने सोचमा परिवर्तन आएको बताउदै बैंकमा बचत गर्नेले मालिक को हो ? भने थाहा नहुने तर यो विभिन्न देश र विभिन्न व्यक्तिहरुबाट संचालित हुने भएकोले त्यसले बचत कर्तालाई मुनाफा नदिने तर सहकारीमा सदस्यहरु सबै मालिक मुनाफा पनि बाडेर दिन्छ भन्नुभयो । उहाले बचत व्यक्ति व्यक्तिको आफ्नो आर्थिक हितको लागि गर्ने बताउनुभयो । उहाले कसैले कसैलाई माया गर्छ भने उसको कुरा मन्त्रमुग्ध भएर सुन्छ र विश्वास छ भने व्यवसायमा लगानी गर्न उत्सुक भई भविष्य सुनिश्चित गर्छ भन्नुभयो । उहाले सफा पानीले नुहाउने मानिसको शरीर र लुगा सफा हुनसक्छ तर पसिनाले नुहाएको मानिसले ईतिहास परिवर्तन गर्छ यानी आमुल परिवर्तन गर्छ भन्नुभयो । उहाले लगान फिल्ममा निर्देशन गरिरहेको बताउदै उक्त फिल्म पुरुष प्रधान देशमा महिला र पुरुष बीचका भेदभाव, स्वास्नी मरे १३ दिनको क्रिया नसकिन्दै विवाह गर्ने मानसिकता र लोग्ने मरेको महिलाले विवाहको सोच राखे कलंकिनी भन्ने समाजमा विधुवाले पनि विवाह गर्न पाउनुपर्ने फिल्मले सचेत पार्न खोजेको बताउनुभयो ।
उक्त कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले साधारण सभालाई उत्सबको रुपमा मनाउनु पर्ने साथै बार्षिक योजना, नीति तथा कार्यक्रम र बजेत पास गर्ने र त्यसमा छलफल गरी सदस्य र संस्थाको हितमा संशोधन गर्नु परे गर्ने र सहकारी कता तिर गई रहेको छ समिक्षा गर्ने दिन हो भन्नुभयो । उहा“ले यस्तो महत्वपूर्ण विषय बस्तुहरुमा सम्पूर्ण सदस्यहरु सहभागी भई सहकारी सम्बन्धि जानकारी लिनु पर्ने र सहकारी ठिक स्थानमा छ छैन विश्लेषण गर्ने भनेको पल्र्स विश्लेषण गर्ने बताउ“दै त्यसले ठिक संकेत गरेको छ छैन हामी सदस्यहरुले पनि ध्यान दिई साधारण सभामा छलफल गर्नु पर्ने बताउनुभयो । उहा“ले सहकारीलाई कुन गोरेटोमा दो¥हाउने हो सोको निक्र्योल गर्ने भएकोले विगत बर्षको समिक्षा गरी आगामी दिनको लागि बार्षिक योजना, नीति तथा कार्यक्रम र बजेत पास गर्ने उदेश्य हुनुपर्छ भन्नुभयो ।
उहा“ले सहकारी भनेको सहकार्य भएको बताउ“दै सहकारीमा सहकार्य हुन्छ र स्वार्थ भाबना नहुने सहकारी नै स्वर्ग हुन्छ साथै हामीले यो समुदायलाई स्वर्गको रुपमा विकास गर्ने आर्दश समाज बनाउने नै सहकारीको मुख्य लक्ष्य हुनु पर्छ भन्नुभयो । उहा“ले सास विना मानिस बाच्न सक्दैन, त्यसरी नै सदस्यविना सहकारी जीवित रहन सक्दैन, त्यसैले समुदायमा आधारीत सहकारीहरुले सहकारीको अन्तराष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै संस्थाका सदस्य माहानुभावहरुको आर्थिक, सामाजिक, शैक्षिक र सा“स्कृतिक विकासका निम्ति सशक्त सामूहिक प्रयासको आवश्यकतालाई महशुस गरी सदस्यहरुबीच समन्वय, सामञ्जस्यता र सहकार्यको वातावरण तयार गर्न संस्था प्रयत्नशील रहनु पर्छ भन्नुभयो साथै सहकारीवाट सदस्यहरु सकारात्मक भावनाको विकास गराई प्रजातान्त्रिक संस्कार र सोचको विकास गराउनु, समक्ष स्वावलम्बी र आत्मनिर्भर बनाउनु पर्छ भन्नुभयो । उहा“ले सहकारीले ऋण लगानी गरेर त्यसबाट आउने व्याजले मुनाफाबाट सहकारीको प्रशासनिक खर्च र सामाजिक कार्य गर्दछ साथै लाभांश समेत दिन्छ । त्यसैले सहकारी संस्थाको मेरुदण्ड भनेको ऋण हो जसरी मानिसमा मेरुदण्डमा केही भयो भने अपाहिच अथवा पारालाइसिस हुन्छ । त्यसरी नै सहकारीमो ऋणमा दाया“बाया“ केही भयो भने वा ऋणीले ऋण दुवायो भने सहकारी पनि अपाहिच अथवा पारालाइसिस हुन सक्छ । त्यसैले ऋण सहि सदुपयोग गरेको छ छैन अनुगमन गर्नुपर्छ भन्नुभयो ।
 उहा“ले कम समयमा दशौ साधारण सभासम्म आउ“दा ३० कारोड भन्दा बढी कारोबार र नाफा ६५ लाख भन्दा बढी लिन सफल भएकोमा संचालक र व्यवस्थापकलाई धन्यवाद दिनुभयो । उहा“ले समाजलाई हानी पु¥याउने भष्ट्र र किर्तेहरुलाई सहकारीमा राख्न नहुने बताउनुभयो । 
कार्यक्रम संस्थाका अध्यक्ष राजभाई तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका धुर्व रायमाझि, मोर्डन स्कुलका संस्थापक फाउण्डर बाबुकाजी कसपाल, कोषाध्यक्ष साजन कसपाल, व्यवस्थापक दयाराम तजले र ऋषिकेश श्रेष्ठले सहकारी मुल्यमान्यता र सिद्धान्त र सहकारीले गर्नुपर्ने कार्यहरु बारे बोल्नुभएको थियो । 
कार्यक्रममा जेष्ठ सदस्य सम्मान, असल बचत कर्ता, असल ऋणीलाई प्रमुख अतिथि सरोज खनालले मायाको चिनो प्रदान गर्नुभयो भने प्रमुख अतिथि कलाकार सरोज खनाललाई सहकारीबाट सम्मान गर्नु भएको थियो । सम्मान पत्र अध्यक्ष राजभाई तजलेले हस्तातरण गर्नुभयो भने विभिन्न कलाकारहरुले गीत प्रस्तुत गर्नुभयो । 


Comments