१६ औं स्थापना दिवस कार्यक्रम


मंसिर १, २०७९, बिहीबार | दिउँसो ०२:०९ बजे | 25


१६ औं स्थापना दिवस कार्यक्रम

भक्तपुर 
२०७९ मंसिर १ गते श्री गुरु गणेश बचत  तथा ऋण सहकारी संस्था लि. को १६ औं स्थापना दिवसको अवसरमा एक समारोहबीच संस्थाको सभाकक्षमा स्थापना दिवस कार्यक्रम मनाईयो ।
सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीको महत्व र सहकारीको कर्तव्यबारे जानकारी दिदैं एकआपसमा सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले सहकारी कहाँ गईरहेको छ र कसरी अगाडि जानेबारे समिक्षा गर्नु नै स्थापना दिवस मनाएको अर्थ हुन्छ भन्नुभयो । उहाँले सहकारी ऐन, कर्मचारी ब्यवस्थापन, समिति उपसमितिको काम, कर्तव्य र अधिकारबारे अध्ययण गर्नु पर्ने बारे सो बारे तालिम वा गोष्ठि गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले जहाँ एक आपसमा सहयोग र सफा सुग्घर हुन्छ त्यो स्वर्ग सरह र जहाँ व्यक्तिगत स्वास्र्थ र फोहर हुन्छ त्यहाँ नर्ग सरह हुने बताउँदै सहकारी मुल्य मान्यता र सिद्धान्त अनुसार अगाडि बढाउन अनुरोध गर्नुभयो । 
उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष श्रीप्रसाद प्रजापतिले स्वागत मन्तव्य दिनुका साथै रथको उदाहरण दिदैं सहकारीका कर्मचारीलाई आफनो काम, कर्तव्य र उत्तरदायीबारे १० बुद्धे पेश गर्नु भएको थियो । 
कोषाध्यक्ष तुल्सी केशरी छुजू(प्रजापति)ले साथीहरुबीच समन्वय गरी सहकारी प्रगती गर्नु पर्ने जोड दिदैं भावि कार्यक्रबारे थप प्रस्ट्याउनु भयो । साथै रामकृष्ण लावजूले संस्था दर्ता गर्दा भएका केही तितामिठा घटनाहरु सुनाउनु भयो । 
उक्त कार्यक्रममा अध्यक्ष कृष्णराम कासिछ्वाले संस्थाको गतिविधीबारे प्रस्ट्याउदैं सहकारीको सुरुवातबारे थप जानकारी दिनु भयो । साथै २०७९ मंसिर १ गतेदेखि मंसिर ७ गतेसम्म कार्यालय समयमा निःशुल्क सदस्यता वितरण हुने र २०७९ मंसिर ७ गते, बुधबार भक्तपुर–९, च्याम्हासिंह (जनस्वास्थ्य सेवा केन्द्र÷ ख्वप अस्पतालको अगाडि) बिहान ७ ः०० बजे “खुल्ला रक्तदान , निःशुल्क प्रेसर र सुगर जाँच” कार्यक्रम हुने बताउदैं धन्यवाद सहित कार्यक्रम समापन गर्नु भयो । कार्यक्रममा उद्घोषक सचिव सत्यराम ज्ञामरु, तुल्सीराम प्याठ, सिद्धान्त प्रजापति, राजु बजिकों, लेखा संयोजक हरि कृष्ण प्रजापति, गीता देवी कर्माचार्य, अञ्जु लवजूले बोल्नु भएको थियो ।

Comments