सहकारी संघसंस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने
कार्तिक १२, २०७९, शनिबार | दिउँसो ०१:५६ बजे | 80
भक्तपुर । भिन्तुना साकोसःएक दिगो वित्तीय सहकारी को मुलनारा सहतिभिन्तुना बचत तथा ऋण सहकारी संस्थालि.२०औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाका प्रमुख अतिथि नेपाल मजदूर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान विजुक्छे रोहितले सभाको उद्घाटन गर्नुहु“दै सहकारी संघ संस्थाहरुले आर्थिक कारोबारलाई मात्र जोड नदिई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र कृषि सुदृढीकरण गर्नुपर्ने औचित्यता प्रकाश पार्नुभयो । कृषि क्षेत्रको विकासमा ध्यानदिननसक्दा तरकारी र अन्नकालागिविदेशीको मुखताक्नुपर्ने समस्याआइरहेको प्रमुखअतिथि विजुक्छेले धारणा व्यक्तगर्नुभयो । अहिलेको आवश्यकताभनेको जेष्ठ नागरिकहरुको लालनपालनतथाशिशुहरुको वृद्धि विकासकालागिशिशु स्याहारहरु व्यवस्थितगर्नुपर्ने विचार व्यक्तगर्नुभयो । हरेक सहकारी संघसंस्थाले आर्थिक चेतनाअभिवृद्धि गर्नु एक पक्षहो भने सहकारी मार्फत् राजनीतिक चेतनादिने कक्षाहरु संचालनगर्दै जानुपर्ने औचित्यताऔंल्याउनुभयो । राम्राराम्रा शिक्षकहरुबाटतल्लो कक्षादेखि महत्वपूर्ण विषयहरुको थपकक्षाहरु चलाउन सके भक्तपुरको शैक्षिक क्षेत्र अझ राम्रो हुने धारणा पनिउहा“ले व्यक्तगर्नुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.काअध्यक्ष कृष्णगोविन्दलाखाले हरेक सहकारीहरुले सहकारीका सात सिद्धान्तहरु पालनागर्नुपर्ने र सहकारीको मर्म बुझेर अगाडि बढ्न सके राम्रा सहकारीको विकास हुने विचार राख्नुभयो । सहकारीमापनिवर्ग हुने भएकोले समुदायमाआधारित सहकारीमामात्रकारोबार गर्नु सबैको वुद्धिमानी हुने धारण पनिउहा“ले व्यक्तगर्नुभयो । भक्तपुर नगरपालिका वडानं २का वडाध्यक्ष हरिप्रसादवासुकलाले अहिले पनिकतिपय सहकारीहरु सदस्यहरुको वचत गरेको रकमलिएर भाग्ने प्रवृति बढ्दो रहेकोमा सबै सदस्यहरु चनाखो भई आफ्नो बचत गरेको रकमको ग्यारेन्टी बारे विचार राख्नुपर्ने धारणा व्यक्तगर्नुभयो । भक्तपुर नगर पालिकाले उच्चशिक्षाकालागिजनताका छोराछोरीहरुलाई पा“चलाख सम्म शैक्षिक ऋण प्रदानगरिरहेको र नियमविपरित संचालनगरिएका सहकारी संघ संस्थाहरुको नपाले अनुगमनगरिरहेको पनिजानकारी गराउनु भयो । संस्थाका संस्थापकअध्यक्षआशकुमार कोजूले सरकारले युवा रोजगारकानाममायुवाहरुलाई विदेशमाभन्दा स्वदेशमै स्वरोजगारी दिई देश विकासमायुवाहरुलाई संलग्न गराउनुपर्नेमा सरकार चुकेकोमाचिन्ताव्यक्तगर्नुभयो । राष्ट्रघाती एमसीसी र नागरिकताविद्ययकल्याएर सरकार विदेशीको इशारामाचलेको धारणा व्यक्तगर्नुभयो । सहकारीलाई सबैको जीवनस्तर उकास्ने माध्यमका रुपमालिई अगाडि बढ्नुपर्नेमापनिउहा“ले जोड दिनुभयो । सभामाप्रमुखअतिथि विजुक्छेले संस्थाकाअसल बचत कर्ताहरु राजमाया सुवाल र कृष्ण व्यान्जूलाई असल बचत पदक, असल ऋणी पदकबाट रामप्रसाद धुसु , जेष्ठ सदस्यद्धय बिरिया कोजू र रामभक्त घटुवालाई दोसल्ला सहित जेष्ठ सदस्य सम्मान र १५ जना जेष्ठ नागरिक वचतकर्ताहरुलाई सुस्वास्थ्यको कामना सहितहर्लिक्स वितरण गर्नुभएको थियो ।संस्थाकाबासुरी बाजाप्रशिक्षार्थीहरुबाट बासुरी धुन समेत प्रस्तुतगरिएको उक्त सभामाबाल बचत कर्ताहरुमबाट सा“स्कृतिक प्रस्तुती समेत गरिएको थियो । संस्थाका सचिवचञ्चल सुवालले प्रस्तुतगरिएको वार्षिक प्रतिवेदन,कोषाध्यक्ष कृष्णप्रसाद सुवाले प्रस्तुतआर्थिक प्रतिवेदनतथाआ.व.२०७९।०८०को अनुमानित बजेट,लेखासुपरीवेक्षण समितिका संयोजक गणेशप्रसाद सुवाले प्रस्तुत लेखासुपरीवेक्षण प्रतिवेदन र लेखापरीक्षकप्रतिवेदन सभाले पारित गरेको थियो । संस्थाकाउपाध्यक्ष न्हुछेरामकोजूले स्वागत र सभातयारी समितिका संयोजक सत्यनारायण बासुकलाले धन्यबाद ज्ञापन गरिएको उक्त सभा संस्थाकाअध्यक्षशिवकृष्ण कोजूको सभापतित्वमाभएको थियो भने संस्था सुनिता घटुवा र मीरा दुगुजुले पनिबोल्नुभएको थियो ।