जर्मनस्थित नेवाःखल हम्बर्ग परिवारले गरयो नयाँबर्षको शुभकामना आदानप्रदान


कार्तिक १२, २०७९, शनिबार | विहान ०८:३५ बजे | 15


जर्मनस्थित नेवाःखल हम्बर्ग परिवारले गरयो नयाँबर्षको शुभकामना आदानप्रदान

भक्तपुर । जर्मन स्थित नेवाः खल हम्बर्ग परिवर नामक संस्थाले जर्मनमा नेपाल सम्वत ११४३ नयाँ बर्षको उपलक्ष्यमा “नेपाल सम्बत ११४३ म्हःपुजा तथा शुभ दीपावली नेवाः भोज र बिबिध सांस्कृतिक” कायक्रमको आयोजना गरिएको छ । नेपालको आफ्नै मौलिक सम्बत बिदेशमा बस्ने नेपालीहरुले नेपाल सम्वतको पहिचानसँगै आफ्नो पहिचानको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बिश्व नेवाः संगठनका भाइस प्रेसिडेन्ट श्रीमती रजनी प्रधानज्युको प्रमुख आतिथ्य भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले प्रवासमा रहेका नेपालीहरुले आफ्नो संस्कृति परम्परा जोगाईराख्नु पर्ने बताउनु भयो । उहाँले बिशेष गरि नेवाः समुदायमा नेपालको पहिचानका रुपमा धेरै प्रकारका नाचगान, बाजागाजा, पहिरन, भोज र चाँडपर्वहरु रहेको पनि बताउँनु भयो । कार्यक्रममा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै कर्मथलो परदेश भए पनि जन्मथलोको सम्झना आउने गरि कार्यक्रमहरु गर्दै जानु पर्ने बताउँनु भयो । जर्मनको हम्बर्ग शहरमा भएको कार्यक्रममा बेल्जियम, फ्रान्स, लण्डन लगायत जर्मनको बिभिन्न शहरहरुबाट करिव ६०० जनाको सहभागीता रहेको संस्थापक अध्यक्ष एवं संरक्षक कुमार नापीतले जानकारी दिएको छ । कार्यक्रममा स्थानीय जर्मन नागरिकहरुको समेत उपस्थिति रहेको जानकारी दिएको छ । संस्थाका अध्यक्ष मानव कुमार श्रेष्ठ कार्यक्र संयोजक सञ्जय श्रेष्ठ रहेको छ भने कार्यक्रम सञ्चालनमा उद्घोषण संस्थाका सस्थापक अध्यक्ष कुमार नापीत र सहउद्घोषणमा डा.मन्दिरा सायजुले गरेको थियो । कार्यक्रमहरु लोकप्रिय कलाकारहरुका साथमा शुभकामना आदान प्रदानसँगै नेवाः भोज र बिबिध सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक कुमार नापितको फेसबुक पेजबाट गरिएको थियो । सो कार्यक्रको नेपालमा शनिवार बिहान ३ बजे दखि शुरु भएको थियो । नेपालमा न्युज २४ टिभि र नमस्ते ख्वप टिभिले केही बेर प्रत्येक्ष प्रसारण गरिएको थियो भने प्राबिधिक कारणले कार्यक्रमको पुरा प्रसारण गर्न सकिएन । हाम्रो जात्रा श्याम था को फेसबाट पनि प्रत्येक्ष प्रसारण भएको थियो । 

Comments