भक्तपुरमा निकालियो भिन्तुना याली
कार्तिक ८, २०७९, मङ्गलबार | विहान ०३:०२ बजे | 30
भक्तपुर । नयाँंवर्ष नेपाल सम्वत् ११४३ को अवसरमा मंगलबार भक्तपुरमा भिन्तुना याली (शुभकामना याली) निकालिएको छ । च्याम्हासिंहबाट सुरु भएको यालीले नगर परिक्रमा गरेको थियो । याली च्याम्हासिंहबाट सूर्यमढी, दतात्रय, गोल्मढी, सुकुलढोका हुँदै खौमा जगतसुन्दर मल्लको शालिका पुगेर टंगिएको थियो । त्यहाँं जगतसुन्दर मल्लको शालिकमा माल्यापर्ण गरी याली टुंगिएको थियो । प्रत्येक वर्ष नेपाल भाषा साहित्य तःमुंज्याले नर्याँवर्ष नेपाल सम्वतका दिन यसरी याली निकाल्दै आइरहेको छ ।
यसैवीच नेपाल सम्वतकै अवसरमा जिल्लाका ठाउँंठाउँंमा भिन्तुना यालीहरु निकालिएका छन् । चाँंगुनारायण नगरपालिकाको छालिंग, सूर्यविनायक नगरपालिकाको गुण्डुलगायतका ठाउँंहरुमा पनि याली निकालिएको छ ।