टौमढीको तिहार बजार खसी बजारमा
कार्तिक ७, २०७९, सोमबार | विहान ०२:१० बजे | 10
भक्तपुर । भक्तपुर तःमारीको बजार यो बर्षदेखि सिद्धी स्मृतिको उत्तरपट्टि रहेको खसी बजारसँगै बिगतमा फोहरबाट मल बनाउँने ठाउँमा सारेको छ । भक्तपुर नगरपालिकाले तिहारमा लाग्ने बजार यो बर्षदेखि वडा नं.५ योसींःख्योमा नभई खसी बजारसँगै रहेको पहिला जर्मन प्रोजेक्टले फोहरबाट मल बनाउँने ठाउँमा सारेको हो ।
सो स्थानमा आजबाट तिहारको लागि चाहिने मसला, फलफुल लगायतका सामानहरु बेच्ने ब्यापारीहरुले सामान झारिसकेको छ । बिगत सयौं बर्षदखि ब्यापार गर्दै आएको तःमारी चोकमा उपत्यकालगायत छिमेकी जिल्लाबाट तिहारको लागि चाहिने सामानहरुको बेचबिखन गरिन्थ्यो । समय परिवर्तनसँगै भक्तपुरमा यातायतका साधान बढेपछि तःमारी चोकमा आवतजावतमा समस्या आएको हुनाले नगरपालिकाले यो बर्षदेखि बजारलाई गयःभिद्यसँगै रहेको सो खाली ठाउँमा सार्ने सूचना एकहप्ता अघी नै जारी गरेको हो । आजबाट भोगटे, सुन्तला, बिमिरी, हलुवाबेद, ओखर, नरिवल, फुलहरुलगायत तिहारलाई चाहिने सामान सबै उपलब्ध हुने गरी ब्यापारीले सामान झार्दै छन् । ब्यापारीहरु आफुले हिजो अस्ति नै नाम लेखाएको नगरपालिकाले ब्यवस्थित बनाएको ठाउँ खोज्दै सामान झार्दै छन् ।