सहकार्य भनेको सहकारी
कार्तिक ६, २०७९, आइतबार | दिउँसो ०३:११ बजे | 10
भक्तपुर, ६ कार्तिक
केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा अन्तरक्रिया कार्यक्रम तपाडम्फोमा एक समारोहबीच शनिवार सम्पन्न भयो ।
कार्यक्रम अतिथि सल्लाहकारी रामकृष्ण प्रजापतिले सहकार्य भनेको सहकारी भएको भन्नुहुँदै निस्वार्थ रुपमा एकले अर्कालाई सहयोग गुर्न समुदायमा आधारित सहकारी भएको बताउनुभयो साथै समुदायमा रहेका व्यक्तिहरुले संचालन गरेको सहकारी भाग्ने सम्भावना न्यून हुने र बिर्गने सम्भाबनापनि न्यून हुन्छ भन्नुभयो । उहाँले सहकारीमा इमान्दारीपूर्वक कार्य गर्न र आपूmले कमजोरी र गल्ती गरेको कसैले नदेखेपनि आप्mनो मनले देख्ने बताउनुभयो । उहाँले सहकारीले गरेको प्रगतिको आधार भनेको निस्वार्थ रुपमा काम र सम्पूर्ण साथीहरुको सहयोग नै हो भन्नुभयो । उहाँले सहकारीको अवस्था कस्तो छ भने बिश्लेषण गर्ने अचुक उपाए भनेको पल्र्स बिश्लेषण भएको बताउनुभयो । उहाँले साधारण सभा नजिकिँदै गरेकोले उत्सबको रुपमा मनाउन र सहकारीको नीति तथा कार्यक्रम र बजेत र बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन बारे घनीभूत छलफल गरे संस्था अझ प्रगतिको बाटो लम्कन्छ भन्नुभयो ।
कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले छोटो समय सत्तरी लाख नाफा र सालाखाला सैत्तीस करोडको वासलात बनाउन सफल भएको बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाई तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रबन्धक दयाराम तजल्या र सहायक प्रबन्धक विपिन श्रेष्ठ र रामकृष्ण छुस्यावागले पनि बोल्नु भएको थियो ।