बैंकको चर्काे व्याजदरले डिप्रेसन बढाएको भनाई


कार्तिक ६, २०७९, आइतबार | दिउँसो १२:४५ बजे | 10


बैंकको चर्काे व्याजदरले डिप्रेसन बढाएको भनाई

भक्तपुर । भक्तपुर उद्योाग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बैंकको चर्काे व्याजदर व्यवसायीहरुको लागि अत्याचार भएको बताएका छन् । संघले शुभ दीपावली, नयावर्ष नेपाल सम्बत ११४३ को अवसुमार आइतबार यहाँं गरेको शुभकामना आदानप्रदान  कार्यक्रममा अध्यक्ष मानन्धरले यसवाट व्यवसायीहरुलाई डिप्रेसन हुन थालेको बताए । हामीलाई रातभरि निन्द्रा लाग्न छोडेको छ, उनले भने, यही कारण कुनै व्यवसायीको मृत्युसम्म हुनसक्ने अवस्था आयो । 
यदि यसो भयो भने कसले जिम्मेबारी लिने भनी उनले प्रश्न गरे । यसको जिम्मेबारी बैंकहरुले लिने हो भनी उनले प्रश्न तेर्साए । बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरले लगानी गर्न व्यापारी तथा व्यवसायीहरुलाई निरुत्साहित गर्ने भन्दै उनले वाणिज्य बैंकहरुलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गरे । संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सम्मिलित टोलीले भक्तपुरस्थित विभिन्न वाणिज्य बैंकका शाखामार्फत ज्ञापनपत्र बुझाएको उनले सुनाए । उनका अनुसार बैंक अफ काठमाडौं, सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, मेघा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंकका भक्तपुरस्थित शाखाका शाखा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएको छ । 

Comments