चन्द्रायण स्वीटस्मा मिठाई पकाउने भान्छा फोहर


कार्तिक ६, २०७९, आइतबार | विहान ०७:२५ बजे | 50


चन्द्रायण स्वीटस्मा मिठाई पकाउने भान्छा फोहर

भक्तपुर, ६ कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा तिहारलाई लक्षित मिठाई पसलहरु १० वटामा अनुगमन गरियो । अनुगमनमा मिठाई पसलको भान्छा फोहर देखिएको र मिठाई पकाउने तेल धेरै पकाएर पोलार मिटरमा २० भन्दा माथिको देखाएको अखाद्य तेल नष्ट गरेको संयोजक राजकृष्ण गोराले बताउनुभयो भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक नवराज आचार्य मिठाईमा दश केजि मैदामा एक ग्राम मात्र खाद्य रंग हाल्न पाउने र मिठाई पकाउने तेल पोलार मिटरले नाप्दा बीस रेन्जभन्दा माथिको तेल अखाद्य हुने बताउनुभयो । 
चन्द्रायण स्वीटस्मा मिठाई पकाउने भान्छा फोहर देखिएकोले सफा गरी फोटो सहित नगरपालिका कार्यालयमा उपस्थित भएपछि मात्र मिठाई बनाउ निर्देशन दिई प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र विक्रि वितरण गर्ने र खराब तेल १० लिटर, चास्नी १० लिटर, म्याद नाघेको खाद्य रंग ३ बट्टा जफत गरी नष्ट गरियो ।
दिव्य स्वीटस्मा मिठाई पकाउने भान्छा फोहर देखिएकोले सफा गरी फोटो सहित नगरपालिका कार्यालयमा उपस्थित भएपछि मात्र मिठाई बनाउ निर्देशन दिई प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र विक्रि वितरण गर्ने र खराब तेल १० लिटर, चास्नी १० लिटर, म्याद नाघेको खाद्य रंग ३ बट्टा जफत गरी नष्ट गरियो ।
हरि मिठाई भण्डारमा मिठाई पकाउने भान्छा र मिठाई भण्डारण फोहर देखिएकोले सफा गर्न, तराजु नविकरण नभएकोले जफत गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई पसल नविकरण गर्न, मिठाई झिंगा नभन्किने धुलो नजाने गरी छोप्न, कामदारलाई सेतो एप्रोन प्रयोग गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र विक्रि वितरण गर्न र रंग बढी भएको रातो पुरी १ केजी र अखाद्य तेल २ लिटर जफत गरी नष्ट गरिएको वडानिरिक्षक रामकृष्ण प्रजातिले बताउनुभयो ।
लवजु मिठाई भण्डारमा मिठाई पकाउने भान्छा र मिठाई भण्डारण फोहर देखिएकोले सफा गरी फोटो सहित नगरपालिका कार्यालयमा उपस्थित भएपछि मात्र मिठाई बनाउ निर्देशन दिई, मिठाई झिंगा नभन्किने धुलो नजाने गरी छोप्न, कामदारलाई सेतो एप्रोन प्रयोग गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र विक्रि वितरण गर्न र पुरानो बर्फि १ केजी र अखाद्य तेल १५ लिटर जफत गरी नष्ट गरियो ।
अनुगमनमा अनुगमन समितिका सदस्य रोशनमैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जुन खाइतू, जिल्ला प्रशासन कार्यालयमा खम्म बहादुर बोगटी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक नवराज आचार्य, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक भागउर प्रसाद हरिजन, भक्तपुर उद्योग बाणिज्य संघका गौतम सुजखु, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका नारायण प्रसाद राजथला र कृष्णमाया राजथलाको सहभागी थियो ।

Comments