७० बर्ष नाघेका २७ जना जेष्ठ नागरिकहरुलाई सम्मान


कार्तिक ६, २०७९, आइतबार | विहान ०६:०५ बजे | 25


७० बर्ष नाघेका २७ जना जेष्ठ नागरिकहरुलाई सम्मान

भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को पन्ध्रौ वार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका बैकल्पिक केन्द्रीय सदस्य नारायण बहादुर दुवालको प्रमुख आतिथ्यतामा भक्तपुर बैक्वेटमा सम्पन्न भयो । कार्यक्रममा उहाँले संस्था स्थापना गर्न योगदान पु¥याउने २५ जना संस्थापक सदस्य र ७० बर्ष नाघेका २७ जना जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका साथ सम्मान गनु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथी नारायण बहादुर दुवालले संस्थाले  यो भन्दा अझ प्रगति गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्दे  सहकारी संस्था व्यक्ति होइन समुदायलाई अगाडि लानलाई हो भन्नुभयो ।  व्यक्रिगत फाइदाको लागि संचालन गर्ने संस्थामा बचत गर्दा बचत डुुव्न सक्छ । बचत गर्दा समुदाय आधारित संस्थामा मात्र बचत गर्न अनुरोध गर्नुभयो । उहाँले सहकारीको प्रमुख उद्येश्य सहकारीको माध्यमबाट समाजबाद  भई साम्यबादसम्म जाने हो । साम्यबाद आदर्श समाज हो । जहाँ शिक्षा स्वास्थ्य निःशुल्क हुन्छ मानिसहरु बिच एक आपसमा माया ममता हुन्छ । स्कूल कलेज अस्पताल पार्कको राम्रो बन्दोवस्त हुन्छ भन्नुभयो ।  उहाँले नेमकिपाको उदेश्य  जनतालाई शैक्षिक रुपमा सचेत संगठित गर्ने र कामदार वर्गलाई शासक वर्गमा लाने उदेश्यले  काम गर्दा भक्तपुर शिक्षा स्वास्थ्य र खेलकुदमा अगाडि बढेको हो भन्नुभयो ।
। भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले  भक्तपुर नगरपालिकाले कोपोमिक्सको तालिम दिएको  सहकारीकर्मीको भेला राखेको  जानकारी दिंदैं सहकारी संस्थाहरुको अनुगमन गरिरहेका चर्चा गर्दै टोलको विकास निर्माणबारे बताउर्नुृ भयो । ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि का कोषाध्यक्ष कान्छाभक्त धजुले संस्थाको आर्थिक गतिविधि सकारात्मक छ  भन्दै सहकारी ऐन नियम सुधार गर्नुपर्ने विषयमा सम्वन्धित निकायमा  भक्तपुर जिल्ला संघले ध्यान आकर्षण  र ज्ञापन पत्र मार्फत पहल गरिरहेको बताउनुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का सल्लाहकार कृष्णभक्त लघुले  सहकारीमा आएको समस्या र विकृति विसंगतिबारे सरसल्लाह र गर्नुपनेृ बताउनु भयो । 
अर्का सल्लाहकार कुमार लघुले संस्थाको साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै   संस्थाले विभिन्न बिषयमा तालिमहरु संचालन गरे शेयर सदस्य अझ सक्षम हुन्छ भन्नु भयो । अर्का सल्लाहकार बालमुकुन्द बासुकलाले साधारण सभा सफलताको शुभकामना व्यक्त संस्थाको उतरोतर प्रगतिको शुभकामना ब्यक्र गर्नु भयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राजकुमार लघुको सभापतित्वमा सम्पन १५ औं बार्षिक साधारण सभा कार्यक्रममा  संस्थाका सचिव लक्ष्मीनारायण सुवालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष  अमर बासुकलाले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक लक्ष्मीदास बासुकलाले लेखा परीक्षक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष विकाश व्यान्जू  र अतिरिक्त क्रियाकलाप उपसमिति सदस्य अजेन्द्र कुमार लघुले पनि बोल्नुभएको थियो ।

Comments