यातायात ब्यवसाय र पेशा नै संकटमा परेकाे गुनासाे


कार्तिक ५, २०७९, शनिबार | विहान ०६:४९ बजे | 20


यातायात ब्यवसाय र पेशा नै संकटमा परेकाे गुनासाे

मध्यपुर थिमि । सरकारले यातायात क्षेत्रमा ल्याएकाे २० बर्षे यातायात हटाउने नीतिका कारण यातायात ब्यवसाय र याे पेशा नै संकटमा परेकाे गुनासाे गरेकाे छ । शंखधर नयाँ बाटाे थिमि यातायात प्रा.लि. मध्यपुर थिमिकाे कार्तिक ५ गते शनिवार सम्पन्न चाैथाैं बार्षिक साधारणसभा सहभागी यातायात ब्यवसायीले उक्त गुनासाे गर्नु भएकाे हाे । सभामा प्रालिका अध्यक्ष जगदिशमान श्रेष्ठले सरकारले ल्याएकाे २० बर्षे पुरानाे गाडि हटाउने नीतिका कारण प्रालिका धेरै गाडि हटिसकेकाे भन्दै सरकारले समयमै यस नीतिका बारेमा पुनर्बिचार नगरेअव केही बर्षभित्र प्रालि सबै गाडी बिस्थापित भई प्रालि नै खारेज हुने अवस्था आउने बताउनुभयाे । साेही नीतिका कारण केही गाडी तथा ब्यवसाय नै बिस्थापित भईसकेकाे भन्दै २० बर्षे अवधिमा मुलुकमा घटेका घट्ना नाकाबन्दी, काेभिड, बन्दहडताल, तेलकाे अभावलगायतका समय मात्रै ३।४ बर्ष यतिकै बितेकाेले साे नीतिका बारेमा सरकारले तत्कालै पुनर्विचार गर्न आग्रह गर्नुभयाे । उहाँले यातायात क्षेत्रकाे हरेका कार्यक्रममा मन्त्रीहरूले ब्यवसायीहरूकाे पिर मर्काका बिषयमा बाेल्ने गरेता पनि सम्बन्धित निकाय तथा ठाउँमा पुगेपछि खासै याे क्षेत्रकाे समस्याकाे बारे बाेल्ने नगरेकाे आराेप लगाउनु भयाे । सभाकाे उद्घाटन गर्नुहुँदै मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठले यातायात ब्यवसायकाे समस्याका बारेमा केही मात्रामा भए पनि आफु जानकार रहेकाे भन्दै याे क्षेत्रमा भएका समस्या समाधान गर्ने बिषयमा आफु तथा वडा कार्यालयकाे पुर्ण साथ र सहयाेग रहने बताउनुभयाे । शंखधर चाेकलाई कसरी ब्यवस्थित गर्ने भन्ने बारेमा नगरपालिका गम्भीर रहेकाे भन्दै वडाध्यक्ष श्रेष्ठले मनाेहरादेखि शंखधरचाेक हुँदै सल्लाहघारीसम्मकाे ट्याक राेड ब्यवस्थित र कालाेपत्रे गर्न टेण्डर आव्हान गरिसकेकाे बताउनुभयाे । वडाध्यक्ष श्रेष्ठले शंखधरचाेककाे समस्याका बिषयमा समयसमयमा कुरा उठ्ने गरेकाे भन्दै उहाँले साे क्षेत्रमा माईक्रो बस पार्किङले गर्दा सवारी साधन जाम भएकाे गुनासाे आउने गरेकाे र त्याे समस्या पनि कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा नगरभित्रका दुई वटा यातायात प्रालिका पदाधिकारीहरू छलफल गरेर अघि बढ्ने बताउनुभयाे । त्यसैगरी सभामा प्रालिका प्रबन्ध सञ्चालक तुल्सीमान श्रेष्ठले समितिदेखि वर्तमान अवस्थासम्मकाे नालीबेली ब्यक्त गर्दै २०४२ सालमा स्थापना भएकाे संस्थाले बिभिन्न आराेहअवराेह र समस्याहरूसंग झेल्दै २०७६ जेष्ठ १९ गते महिनामा बिधिवत् रूपमा प्रालिमा दर्ता गरि सञ्चालनमा आएकाे बताउनुभयाे । उहाँले सरकारकाे २० बर्षे नीतिका कारण, दैनिक खर्च धान्न गाराे भएकै कारण धेरै ब्यवसायी याे पेशाबाट पलायन भईसकेकाे भन्दै यातायात ब्यवसायीहरूकाे हक, हित गर्ने उद्देश्यले प्रालि गठन गरेकाेले ब्यवसायीहरूले प्रालिमा तिर्नु पर्ने शुल्कहरू समयमै तिर्न आग्रह गर्नुभयाे । प्रबन्ध श्रेष्ठले हाल प्रालिमा ७६ जना शेयर सदस्य रहेकाे भन्दै अाव २०७८/७९ मा १८ लाख १६ सय ७ सय अाम्दानी १८ लाख ५४ हजार ५ सय २ रूपैयाँ खर्च भएकाे बताउनुभयाे । सभामा प्रालिका लेखा संयाेजक उमेश श्रेष्ठले सरकारले ल्याएकाे २० बर्ष पुराना गाडि बिस्थापन नीतिका कारण याे ब्यवसाय धरापमा परेकाे बताउनुहुँदै सरकारले याे ब्यवसायलाई धरापमा पार्ने नभई उत्थान गर्ने तरिकाकाे कार्यक्रम ल्याउनु पर्नेमा जाेड दिनुभयाे । संयाेजक श्रेष्ठले मध्यपुर थिमि नगरपालिका तथा सुर्यबिनायक नगरपालिकाकाे विभिन्न भागका बासिन्दालाई यातायातको सेवा सुविधा दिईरहेकाे र प्रालिमा अझै पनि लिखित रूपमा सवारी चलाउन माग आईरहेकाे तर प्रालिमा आवश्यकता अनुसारकाे यातायातको अभावका कारण सबै ठाउँमा सेवा सुबिधा दिन नसकेकाे बताउनुभयाे । साेही सभामा लेखापरीक्षक ज्ञानकृष्ण श्रेष्ठले मध्यपुर थिमिमा यातायात क्षेत्रमा लामाे ईतिहास बाेकेकाे सामाजिक संस्थाकाे रूपमा सञ्चालन भईरहेकाे शंखधर नयाँ बाटाे थिमि यातायात प्रालि हाल कम्पनी एेन अनुसार सञ्चालन भएकाेले यसकाे हिसाब किताब पनि कानुनी रूपमा अब नाफा घाटाकाे हुने र हरेक हिसाबकिताब पारदर्शिता रहेकाे बताउनुभयाे । उहाँले याे समितिलाई स्थानीय निकायले पनि प्रालिकाे रूपमा नभई नगरवासीलाई सेवा सुविधा दिने संस्थाकाे रूपमा हेर्नू पर्नेमा जाेड दिनुभयाे भने प्रालिका कानुनी परामर्शदाता अधिबक्ता राधाकृष्ण भण्डारीले संस्था खाेल्नु भन्दा पनि त्यसलाई निरन्तरता दिनु ठुलाे कुरा भएकाे भन्दै समितिलाई प्रालिमा दर्ता गरिसके पछि अवउपरान्त सबै काम कारवाही पनि सरकारकाे कम्पनी एेन तथा नीति निर्देशन अनुसार नै समयै लेखापरीक्षण र बार्षिक साधारणसभा सम्पन्न गरिसक्नु पर्ने बताउनुभयाे । याे ब्यवसाय बिशुद्व सेवामुखी भएकाेले स्थानीय निकायले पनि याे ब्यवसायलाई केही सेवा सुविधा दिनुपर्ने भन्दै अधिवक्ता भण्डारीले स्थानीय निकायले याे ब्यवसायलाई पार्किङमा विशेष सहयाेग गर्न आग्रह गर्नु भएकाे थियाे ।

Comments