भक्तपुरमा तिहार लक्षित मिठाई र फलफुल पसलको अनुगमन
कार्तिक ४, २०७९, शुक्रबार | विहान १०:०४ बजे | 20
भक्तपुर, ४ कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा तिहारलाई लक्षित मिठाई र फलफुल पसलको अनुगमन गरियो । अनुगमनमा मिठाई पसलको भान्छा र भाँडाकुडा फोहर भएको र तराजु नविकरण धेरै भेटिएकोले पाँच वटा जफत गरेको म्याद नाघेको सामानहरु हजार रुपैंयाको जफत गरी नष्ट गरेको संयोजक राजकृष्ण गोराले बताउनुभयो ।
न्यू दोलखा मिठाई भण्डार नविकरण गर्न, तराजु नविकरण गर्ने, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र विक्रि वितरण गर्ने, खानेकुरा र मिठाई झिंगा नभन्किने गरी र धुलो नपस्ने गरी जालीले छोप्ने, भान्छा र पकाउने भाँडाकुडा फोहर भएकोले फोहर प्रेसरकुकर १ र टपेस १ थान जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
लक्ष्मी स्वीट्स एण्ड प्यालेसमा प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र विक्रि वितरण गर्ने, भान्छा सफा गर्ने, फ्रिजमा सम्पूर्ण सामान मिसाएर नराख्ने निर्देशन दियो ।
नवदुर्गा एण्ड चाट हाउस(मिठाई) प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र विक्रि वितरण गर्ने, भान्छा सरसफाई गर्ने, मिठाईमा खाद्य रंग ५ केजि मैदामा १ ग्राममात्र राख्न निर्देशन दियो ।
ख्वप फलफुल तथा जुस पसल दर्ता नभएकोले त्यहीं दर्ता गराएर म्याद नाघेको सामानहरु क्रिमिया विस्कुट ७ पाकेट जफत गरी नष्ट गरियो भने तराजु नापतौल विभागमा नविकरण नगरेकोेले १ थान जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
श्री न्यू ब्रम्हायणी फ्रुट्स एण्ड जुस सेन्टर तीन दिन भित्र दर्ता गर्न, तराजु नविकरण नभएकोले १ थान जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
श्री ब्रम्हायणी फ्रुट्स एण्ड जुस सेन्टर तराजु नविकरण नभएकोले १ थान जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
चाँगु नारायण फ्रुटस् एण्ड फ्रेस जुस पसल नविकरण गर्न, म्याद नाघेकोको चोकोपाई ४ पाकेट, फाण्टा ३ वटा जफत गरी नष्ट गरियो ।
रामकेशरी प्रजापतिको चिया तथा मिठाई पसल तराजु नविकरण गर्ने, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र विक्रि वितरण गर्ने, खानेकुरा र मिठाई झिंगा नभन्किने गरी र धुलो नपस्ने गरी जालीले छोप्ने, भान्छा र पकाउने भाँडाकुडा फोहर भएकोले सफा गर्न, मिठाईमा ५ केजि मैदामा १ ग्राममात्र खाद्य रंग प्रयोग गर्न र तराजु १ थान जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जुन खाइतू, जिल्ला प्रशासन कार्यालयमा खम्म बहादुर बोगटी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक भागउर प्रसाद हरिजन, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थियो ।