अध्यापनरत् शिक्षकहरुलाई फुटबल प्रशिक्षण तालिम


कार्तिक ३, २०७९, बिहीबार | दिउँसो १२:१० बजे | 10


अध्यापनरत् शिक्षकहरुलाई फुटबल प्रशिक्षण तालिम

भक्तपुर, कार्तिक २ । विद्यालय स्तरमै राम्रा खेलाडी उत्पादन गर्ने उद्देश्य सहित भक्तपुर नगरपालिकाले ६ दिने विभिन्न खेलहरूको प्रशिक्षण दिई रहेको छ । सोही क्रममा तेस्रो दिन बिहीबार भक्तपुर नगरपालिका वडा नं १ को सभाकक्षमा फुटबल र त्यसको नियम बारे छैटौं साफका गोल्ड मेडलिस्ट तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी सुनिल प्रजापति र फिफाका सहायक रेफ्री नानीराम थापाले फुटबल र त्यसको नियम सम्बन्धि सैद्धान्तिक प्रशिक्षण दिनुभयो । प्रशिक्षक सुनिल प्रजापतिले फुटबलको नियम नबनाउँदा विवाद हुने बताउँदै किकिङ, कन्ट्रोल,डिभिङ, थ्रोईङ, गोल किपिङ जस्ता फुटबलको सैद्धान्तिक ज्ञान दिनुभयो । सोही तालिममा अर्का प्रशिक्षक नानीराम थापाले फुटबलको फिफाका १७ नियमहरूसँगै खेलमैदान र खेलविधि बारे अन्तरक्रिया रूपमा प्रशिक्षण दिनुभयो । भक्तपुर नगरभित्रका सामुदायिक र संस्थागत सहित जम्मा ४३ वटा विद्यालयका शिक्षकहरूले सहभागिता जनाएको फुटबलको प्रयोगात्मक प्रशिक्षणमा राष्ट्रिय रेेफ्री किशोर ढुकुछु, अन्तर्राष्ट्रिय खेलाडी तथा बाबुकाजी धाैबञ्जार, भक्तपुर नगरका फुटबल प्रशिक्षक ईन्द्र राजलवटले प्रशिक्षण दिएका थिए ।

Comments