कार्यशाल गोष्ठी सम्पन्न
असोज ३१, २०७९, सोमबार | दिउँसो ०१:४४ बजे | 20
भक्तपुर घरेलु तथा साना उद्योग संघध्दारा दक्षिण एशियाली महिला विकास मञ्च सहकार्यमा विद्युतिय युगमा नेपाली महिला उद्यमी र लैंङ्किता विभेदताः एक अनुसन्धात्मक अध्ययन सम्बन्धि एकदिने कार्यकाला गोष्ठी सम्पन भयो ।सो अवसरका संघका अध्यक्ष प्रेम खर्बुजाले नेपाली महिला उद्यमीहरुको प्रविधि पहुँचमा रहेको समस्याहरु जस्तै पुर्वाधार अवरोधहरु,सामाजिक सास्कृतिक अवरोधहरु र क्षमताका समस्याहरु पहिचान गरी ती समस्यहरुलाई निराकरणको लागि नेपाल सरकारको सम्बन्धित निकाले ध्यान पुर्याउनु पर्ने कुरामा जोड दिन्दै विना दर्ता संचालनमा रहेका उद्योगहरुलाई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरी देशको कुल ग्राहस्थ उत्पादनमा बृद्बि योगदान पुर्याउनु पर्ने कुरा बताउनु भयो ।
दक्षिण एशियाली महादेशको लघु घरेलु तथा साना उद्योग तथा उद्यमीहरुले प्रयोग गरेका सफल परियोजनाहरुको प्रतिकृति कार्यान्वयन गरी दक्षिण एशियाली महिला उद्यमीहरुलाई त्यस प्रकारका प्रविधिबारे जानकरी गराउनुका साथै प्रविधि तथा उपकरण भित्र्याउन सम्बन्धित सरकार समक्ष आवाज पुर्याउने लक्ष्यका साथ कार्य गर्दै आईरहेको जानकारी गराउँदै नेपालमा ग्रामिण र सहरी क्षेत्रलाई केन्द्रमा राखेर हिमाल पहाड र तराई क्षेत्र लगायत नेपालका चार प्रदेशमा रहेका एक हजार महिला उद्यमीहरु माझ तुलनात्मक अध्ययन गरी नेपाल सरकारको सुचना तथा प्रविधि मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालयलाई ती समस्याहरुलाई सम्बोधन गर्नका लागि सुझाव दिनु यो अध्ययनको मुख्य उद्देश्य रहेको जानकारी सहजकर्ता रितेश ठाकुरले बताउनु भयो ।
साथै संघका सह सचिव श्रीजना कक्षपतिले लघु घरेलु तथा साना उद्योग विकास संरक्षण प्रवर्द्बनमा भक्तपुर घरेलु तथा साना उद्योग संघले खेलेको भुमिका बारे जानकारी गराउनुका साथै सिद्बार्थ बैक सुर्यविनायक शाखाका शाखा प्रमुख कल्पना प्रजापतिले उद्यमीहरुले सके सम्म उद्योगकै नाममा कारोबार गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका करिव ६० जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो