अन्तर्क्रिया तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन
असार २७, २०७९, सोमबार | दिउँसो ०१:५६ बजे | 30
भक्तपुर । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा भक्तपुरका लघु घरेलु तथा साना उद्योग सँग सम्बन्धित उद्यमी व्यवशायीहरु बीच अन्तरक्रिया एव प्रविधि हस्तान्तरण कार्यक्रम प्रदेश सकरकार वागमति प्रदेश उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री माननीय रजनी अमात्य जोन्छेज्युको प्रमुख आतिथ्यता सम्पन भयो ।सो अवसरमा प्रमुख अतिथि श्री अमात्य जोन्छेज्यूले वागमति प्रदेशका उद्यमीहरुको उत्पादकत्व बृद्धि तथा उद्यमीहरुलाई आधुनिक प्रविधि दिई उद्योगलाई फस्ताउन सहयोग होस भने हेतुले यस्ता प्रविधि हस्तान्तरण कार्यक्रम संचालन गरिरहेको बताउँदै भक्तपुर जिल्लामा पनि प्रविधि पाउने उद्यमीहरुले पनि बागमति प्रदेशको अवधारणा अनुरुप उद्योगलाई बिस्तार गर्न सहयोग हुने अपेक्षा गरेको बताउनु भयो । साथै उहाँले महिलाको नाममा प्रदान गरिने सहुलियत पुर्ण ऋणलाई पनि सरलिकरण गर्न बाणिज्य बैकहरुसँग छलफल गरिरेहको बताउनु भयो ।कार्यक्रममा बिपेश अतिथि बागमति प्रदेशका सचिव बिश्वबाबु पुडासैनीज्यूले बागमति प्रदेशले यस्ता प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै आउदो बर्ष बजेटलाई दोब्बर बढाएको हुन्दा धेरै भन्दा धेरै उद्यमीहरु लाभान्वित हुने बताउनु भयो । अर्को बर्ष देखि प्रविधि हस्तान्तरण कार्यक्रम बागमति प्रदेश सरकारको ५० तथा उद्यमीहरु ५० प्रतिशत भई शंसोधन भएको पनि बताउँदै सवै क्षेत्रमा यसरी नै अभ्यास भईरहेको यसरी ५० ५० प्रतिशत गर्दा आवश्यक उद्यमीहरुले मात्र निवेदन दिने हुन्दा बास्तविक उद्यमीले मात्र प्रविधि लिने बिचार व्यक्त गर्ने भयो ।
कार्यक्रममा अर्का विषेश अतिथि प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्युले भक्तपुर घरेलु तथा साना उद्योग संघसँगको सहकार्यकमा गरेको प्रविधि हस्तान्तरण कार्यक्रमले बास्तविक उद्यमीले प्रविधि पाउनेमा विश्वास व्यक्त गर्दै सरकारले प्रदान गरेको सहुलियत पुर्ण प्रविधिको भरपुर उपयोग गर्न अनुरोध गर्नुभयो भने अतिथि भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाज्यूले घरेलु तथा साना उद्योग कार्यालयक सग सहकार्यमा प्रविधि हस्तान्तरण कार्यक्रममा सरिक हुन पाएकोमा कार्यालय प्रति आभार व्यक्त गर्दै घरेलु तथा साना उद्योग कार्यालयले छनौट गरेका शत प्रतिशत उद्यमीहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रममा सरिक गराउन सघले विभिन्न माध्यमबाट उद्यमीलाई सहकार्य गरिदिएको जानकारी गराउँदै अहिले प्रविधि हस्तान्तरण कार्यक्रममा बागमति प्रदेशको ८० तथा उद्यमीको २० प्रतिशत राख्दै आएकोमा अर्को आर्थिक बर्षदेखि ५० ५० प्रतिशत गरेकोमा शंशोधन गरी हाललाई प्रदेशको ७० तथा उद्यमीको ३० प्रतिशतमात्र गर्न अनुरोध गर्नुभयो ।
कार्यपत्र प्रस्तुत गर्नुहुन्दै घरेलु तथा साना उद्योग कार्यालय काठमाण्डौका कार्यालय प्रमुख मेघराज रिमालज्यूले घरेलु तथा साना उद्योग कार्यकालमा दर्ता गर्ने प्रक्रिया दर्ता गर्दा पाउने सेवा सुविधा तथा आर्थिक बर्ष २०७९ ८० दखि दर्ता नविकरण गर्दा पाउने सेवा सुविधाबारे जानकारि गराउनु भयो ।
घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख श्री उमेशकुमार दाहालज्यूको अध्यक्षता भएको सो कार्यक्रम श्री दाहालज्यूले बागमति प्रदेश सरकारले कोरोना प्रभावित नव उद्यमी ठिमी प्रजापति समुदाय तथा नयाँ उद्योग दर्ता गर्ने महिला उद्यमीलाई भनी फरक फरक शिर्षकमा बजेट विनियोजित गरी पठाएकोमा ७२ जना उद्यमीहरुले निवेदन पेश गरेको भएतापनि कार्यविधि अनुसार ४९ उद्यमीहरुले रु३२५५५००।बराबरको प्रविधि पाउन सफल भएकोमा बधाई दिन्दै पाएको प्रविधि ५ बर्ष सम्म बेच विखन गर्न नपाउने र समय समयमा कार्यालयले अनुगमन गर्ने क्रममा कैफियत भेटिएका प्रविधि जफत गर्न सकिने हुन्दा पाएको प्रविधिको अधिकतम उपयोग गर्न अनुरोध गर्नु भयो ।कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका सह सचिव श्री श्रीजना कक्षपतिले पनि लघु घरेलु तथा साना उद्योग विकास सम्बन्धमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रम पश्चान प्रमुख अतिथि बिषेश अतिथ तथा अतिथिज्यूबाट भक्तपुर घरेलु तथा साना उद्योग संघद्धारा प्रवर्द्धित कोशेली घरको पनि अवलोकन गर्ने भएको थियो ।