नोरखाङ्ग कम्पलेक्सस्थित क्लिनिक वान जवलाखेलमा मानसिक स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिविरको आयोजना
असार २६, २०७९, आइतबार | दिउँसो ०१:४२ बजे | 30
काठमाडौं । नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी चेतना कम नै छ । धेरै मानसिक स्वास्थ्य समस्याहरूको उपचार कम खर्चमा प्रभावकारी रूपमा गर्न सकिन्छ, तर अझै पनि मानसिक स्वास्थ्य सम्बन्धी सेवा लिन आउने मानिसहरुको सङ्ख्या हाम्रो समाजमा न्यून छ ।
यसै समस्यालाई सम्बोधन गर्न नोरखाङ्ग कम्पलेक्सस्थित क्लिनिक वान जवलाखेलमा गत शनिबार मानसिक स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको छ । यस शिविरमा न्यूरोसाईकियाट्रिस्ट डा. भरत खड्काद्धारा सेवा प्रदान गरियो ।
“नेपाली समाजमा अझै पनि मानसिक स्वास्थ्यको अपव्याख्या हुने गर्छ । अझै पनि मानसिक स्वास्थ्यको सेवाप्रति नकारात्मक सोच व्याप्त छ । यस्ता कार्यक्रमहरुले मानसिक स्वास्थ्य सेवाप्रति सचेतना प्रर्वधन गर्न सहयोग गर्छ”, शिविरमा सहभागी हुनु भएकी पूजा ताम्रकारले भन्नुभयो ।
शिविरमा आएका अधिकंश सेवागा्रहीहरुमा डिप्रेसन, बोर्डर लाइन पर्सनालिटि डिसअर्डर र डर लाग्नु, छटपट हुनु देखिएको डाक्टर खड्काले बताउनुभयो । त्यस्तै कतिपय व्यक्तिहरु आफ्नो मानसिक स्वास्थ्यमा कुनै समस्या रहेको नरहेका परामर्श गर्न आएको कुरा डा. भरत खड्काले जानकारी दिनुभयो ।
“मानसिक स्वास्थ्य सम्बन्धि प्रारम्भिक जाँच गर्दा समस्या समयमा थाहा हुन्छ र यसको उपचार गर्न सजिलो हुन्छ । तसर्थ यस्ता शिविरहरु भविष्यमा पनि गरिरहनुपर्छ”, डा. खड्काले भन्नुभयो ।
¬¬¬यस शिविरमाआएका व्यक्तिहरुको गोपनियतालाई मध्यनजर गर्दै, डाक्टर परामर्शमा भएका कुरालाई गोप्य राख्ने व्यवस्था मिलाएको क्लिनिक वानका सीईओ रघु रानाले जानकारी दिनुभयो । त्यस्तै, वँहा क्लिनिक वानले भविष्यमा पनि विभिन्न स्वास्थ्य सम्बन्धि शिविर सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।