श्री वागेहिणीमा विद्यालयस्तरीय क्षयरोग सम्बन्धी अभिमुखीकरण


असार २१, २०७९, मङ्गलबार | दिउँसो ०३:५० बजे | 10


श्री वागेहिणीमा विद्यालयस्तरीय क्षयरोग सम्बन्धी अभिमुखीकरण

भक्तपुर । ंक्षयरोग अन्त्यका लागि लागनी बढाऔं, जीवन बचाऔं भन्ने नारासहित विद्यालयमा आधारित क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम विद्यालयका शिक्षक देवसिँह धामीको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुगमनकर्ता शिवशंकर महत्तोले क्षयरोग नियन्त्रणका लागि शिक्षक र विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो । साथै क्षयरोग विरामीको पहिचान, खकार परीक्षण, मनोविमर्ष र परामर्श कार्यहरु समेत सञ्चालन भएको जानकारी गर्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षक भक्तपुर जिल्ला शाखाका निवर्तमान सभापति राम सिंख्वले  क्षयरोग का लक्षण, उपचार विधि, जोखिमको अवस्था वारेमा सचेतिकरण गर्नुभयो ।
सोही कार्यक्रममा भक्तपुर जिल्ला शाखाका सभापति महेन्द्र कायष्ठ, कोषाध्यक्ष रत्नलाल साँध, कार्य समिति सदस्य सानुकाजी त्वायना, विद्यालयका शिक्षक विष्णुलाल श्रेष्ठ, उद्धव जम्कटेल र जीवन सुवालले पनि क्षयरोग वारेमा अभिमुखीकरण गर्नुभएको थियो ।

Comments