मुनि विहार भक्तपुरका भिक्षु र श्रामनेरहरुबाट बनेपामा भिक्षाटन


असार १९, २०७९, आइतबार | दिउँसो ०१:३३ बजे | 25


मुनि विहार भक्तपुरका भिक्षु र श्रामनेरहरुबाट बनेपामा भिक्षाटन

भक्तपुर असार १९ । आज बोधिचर्या विहार, बनेपाको निमन्त्रणामा मुनि विहार भक्तपुरका भिक्षु र श्रामनेरहरुबाट भिक्षाटन गरियो । उक्त भिक्षाटन बनेपाको चाँदनी चोक, कोबहाल, गणेशस्थान कोसाल चैतन्य मा.वि., दूर सञ्चार(नेपाल टेलिकम), तीनदोबाटो, कौलाटो, वाँख्यः ज्ञानमाला भजन घर, बहिल, पुरानो बजार, लायकु, सानो गेट, , ज्यासननी चोक, सरस्वती मन्दिर, शाक्यमुनि चैत्य, पुराने बजार, ८ नं. वड कार्यालय, ओम शान्ति भजन, काँथु गणेशस्थान, तीनधारा लोकेश्वर स्वयम्भु चैत्य, असंफल, तीनधारा, वकुटो, चारदोबाटो धुलिखेलतर्फ शान्तिरत्न शाक्यको घर, दक्षिणतर्फ चारदोबाटो, गोदामचोक, पुरानोबाटो न.पा., पूर्वबाटो, चाँदनी चोक, तीनदोबाटो, सिल्लाचोक बनेपा न.पा. गेट हुँदै बोधिचर्या विहार पुगेको थियो ।
उक्त विहारका संघनायक भिक्षु बोधिसेन महास्थविरज्यूले विहारको भव्य सभाकक्षमा भिक्षाटनमा आएका भिक्षुहरुलाई बुद्ध भगवानको शिक्षा तथा भिक्षुहरुले पालन गर्नुपर्ने आचरण बारे प्रवचन गर्नुभएको थियो । मुनि विहार भक्तपुरका प्रमुख भिक्षु विपस्सी महास्थविरज्यूले आफ्नो ११ वर्षदेखि मुनि विहार भक्तपुर तथा थाइल्याण्ड लगायतका मुलुकहरुमा भ्रमण गरी त्यस विहारका भिक्षुहरुलाई थाइल्याण्डमा बौद्ध शिक्षाको लागि व्यवस्था मिलाई रहेको जानकारी दिनुको साथै आफूले यस अवधिमा भोगेका विविध प्रकारका समस्याहरु समेत सबैका जानकारीको लागि प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा डा. इन्दुल केसीले आजको कार्यक्रम आयोजना गरी बनेपामा भिक्षाटनको साथै भक्तपुरबाट आएका ६० जनालाई भोजनको प्रबन्ध गर्नुभएकोमा मुनि विहार भक्तपुरको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । बनेपाको यस कार्यक्रममा उल्लेख्य संख्यामा श्रद्धावान्हरुले भिक्षा दान गनुभएको थियो ।


Comments