समदर्शीमा बजेट तर्जुमा कार्यशालाका साथ गरियो सम्मान


असार १८, २०७९, शनिबार | दिउँसो १२:१२ बजे | 20


समदर्शीमा बजेट तर्जुमा कार्यशालाका साथ गरियो सम्मान

भक्तपुर । समदर्शी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० का लागि योजना नीति तथा कार्यक्रम र बजेट तर्जुमा कार्यक्रम होटेल घ्याम्पेडाडाँं भक्तपुरमा एक समारोहवीच गरेको छ । कार्यक्रमको उदघाटन सत्रमा संस्थाका संस्थापक अध्यक्ष हरिराम लवजूले कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रष्ट पारे । यस क्रममा उनले आगामी आर्थिक वर्षको योजना नीति तथा कार्यक्रमका लागि सुझाब संकलन गर्न कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य इन्द्रबहादुर प्याठ र सञ्चालक समितिका सदस्य कृष्णगोपाल लागेजूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुवर्णकेशरी दुवाल, विश्वमोहन जोशी, कृष्णगोपाल लागेजू, कृष्णबहादुर प्रजापति, वीरेन्द्रकाजी प्रधानांग, कृष्णराम दुवाल, इन्द्रबहादुर प्याठलगायतले बोल्नुभएको थियो ।

Comments