भेलुखेल ५ भक्तपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर


असार ११, २०७९, शनिबार | दिउँसो ०१:१९ बजे | 30


भेलुखेल ५ भक्तपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर

देउला आधारभूत विद्यालय भेलुखेल ५ भक्तपुरमा शनिबार बृहत निःशुल्क स्वास्थ्य सेवा शिविर आयोजना भयो । क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा सहयोगी संस्था श्री कुमारी क्लब रहेको थियो ।  यस बृहत निःशुल्क स्वास्थ्य शिविरमा दन्त विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ तथा जेनरल फिजिसियनद्धारा परामर्श प्रदान गरियो । यस शिविरबाट भेलुखेल ५ का ६५ जना बासिन्दाहरु लाभान्भित हुनुभयो ।
“विशेषज्ञ डाक्टरहरुबाट निशुल्क परामर्श पाएकोमा हामी खुसी छौँ, आगामी दिनहरुमा पनि आयोजकहरुलाई यस्तै सेवा प्रदान गर्न आग्रह गछौँ”,शिविरमा सहभागी हुनुभएको एक महिलाले भन्नुभयो ।
यस बृहत निःशुल्क स्वास्थ्य शिविरमा सेवा प्रदान गर्नुहुने जनरल फिजिसियन डा. सुजिता वैद्यका अनुसार शिविरमा सेवा आउन ुभएका अधिंकश महानुभावहरुमा हाडजोर्नीको समस्या देखियो । साथै, स्वास्थ्य शिविरमा आएका धेरै बालबालिकाहरुमा ज्वरो तथा खोकीको समस्या देखिएको पनि वँहाले बताउनुभयो । बर्षायामको मौसम भएकाले हैजा फैलिन सक्ने भन्दै उँहाले सर्तक रहनका लागि आग्रह गर्नुभयो ।
यस शिविरमा सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रर्दशनी पनि गरिएको थियो । क्लिनिक वानका डायटिसियनप्रति कपौडेलले जन्मेदेखि ६ महिनार ६ महिनादेखि २ वर्ष सम्मका बालबालिका तथा गर्भवती तथा सुत्केरी महिलाले कस्तो खाना खानुपर्छ भन्नेबारेमा प्रर्दशन गर्नुभयो । सन्तुलित आहार खान किन महत्वपूर्ण छ र हाम्रै भान्सामा पाइने सामाग्रीहरु प्रयोग गरेर कसरी सन्तुलित आहार बनाउन सकिन्छ भन्नेबारेमा जानकारी यस शिविरमा प्रदान गरियो ।
आगामी दिनहरुमा पनि यस्तै विभिन्न संस्थाहरुसगँको साझेदारीमा यस्तै कार्यक्रम गर्ने प्रतिवद्धता क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी गराउनुभयो ।


फाेटाेमा हेर्नुहाेस्...

भेलुखेल ५ भक्तपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर

Comments