भक्तपुर जिल्ला केम्पो खुकुरी मार्शल आटर््स संघ गठन
असार १०, २०७९, शुक्रबार | विहान ०६:३४ बजे | 25
भक्तपुर । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रीय अध्यक्ष पूर्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्ला समिति गठन गर्न समन्वय समितिका संयोजक रामकृष्ण प्रजापतिको सभापतित्वमा आज सुर्यविनायक, भक्तपुरका खेलप्रमी युवा तथा खेलाडीहरुको भेला सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष पूर्ण प्रसाद पाण्डेले के को अर्थ हाम्रो हो र पो को अर्थ तरिका हो । हाम्रो तरिकाले खेल विकास गरौ भन्ने भावनाका नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको गठन भएको हो । यस खेलमा खुकुरीको एउटा सो गेम हुन्छ । अरु करा“ते खेल जस्तै खेल्छ । यस खेलको नेपालका ३० वटा जिल्लामा शाखा विस्तार भएको छ । विश्वका १०० वटा देशमा यस खेलको शाखा स्थापना भइसकेको जानकारी दिनुभयो । नेपाल बक्सिङ्ख संघका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखुले खेलकुदको विकासका लागि खेलप्रमीहरुले कार्य गरेमा सफल भईन्छ । भक्तपुरमा यस संघको गठनले खेलकुदको विकासमा थप टेवा दिने आशा प्रकट गर्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ्ख संघका अध्यक्ष एवं नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघ भक्तपुर जिल्ला समिति गठन समन्वय समितिका संयोजक रामकृष्ण प्रजापतिले खेलाडीहरुलाई विकृति विसंगतिबाट टाढा राख्न र खेलकुदलाई युवाहरुको अभिन्न अंगको रुपमा विकास गर्नु पर्छ । खेलाडीहरु भौतिक रुपमा तयार भएपनि अध्यात्मिक रुपमा सचेत नभए विकृति विसंगतिबाट टाढा रहन सक्दैन । देशको सावैभौमिकता र भू–अखण्डता रक्षा गर्न युवाहरुले खेलकुदकै माध्यमबाट तयार रहन आवश्यक छ भन्नुभयो । कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ्ख संघका पुर्व अध्यक्ष केशव त्वानाबासुले नव गठित भक्तपुर जिल्ला केम्पो खुकुरी मार्शल आटर््स संघका पदाधिकारीहरुको टीमले खेल विकासमा थप योगदान गर्न सकोस भनि शुभकामना व्यक्त गर्नुभयो ।
खेलप्रमी युवा तथा खेलाडीहरुको भेलाले केशव कवांको अध्यक्षतामा १३ सदस्यीय नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ भक्तपुर जिल्ला संघ गठन गरियो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष आशराम सुवाल, सचिव राजकुमार लघु, कोषाध्यक्ष विज्वेल सुवाल, सदस्यहरुमा रामकृष्ण प्रजापति, कृष्ण तमखु, संदिप ब्यान्जू, नरेश खत्री, मेनुका भुजेल, साजन लघु, तुल्सीराम ग्वाछा र जिल्ला खेलकुद समितिका एक जना प्रनिनिधी र स्थानिय तहका एक जना प्रतिनिधी रहेका छन । भेलाले भक्तपुर जिल्ला केम्पो खुकुरी मार्शल आटर््स संघका सल्लाहकारहरुमा गौतम सुजखु, केशव त्वानाबासु, लक्ष्मण अवाल र प्रविण कुस्मालाई चयन गरियो ।
संघका गठन लगतै नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रीय अध्यक्ष पूर्ण प्रंसाद पाण्डेले नव गठित संघका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्दै यस खेलको विकासमा लाग्न अनुरोध गर्नभयो । नवगठित भक्तपुर जिल्ला केम्पो खुकुरी मार्शल आटर््स संघका अध्यक्ष केशव कवांले अध्यक्षको जिम्मेवारी दिनु भएकोमा सवैलाई धन्यबाद दिंदै यस खेललाई भक्तपुरमा विकास गर्न लागि पर्ने बताउनु भयो । भक्तपुर जिल्ला केम्पो खुकुरी मार्शल आटर््स संघका सचिव राजकुमार लघुले यस खेलको प्रचार प्रसार गरी खेलको प्रशिक्षण पनि सञ्चालन गर्ने जानकारी दिनुभयो ।