१९ औं अन्तर्राष्ट्रिय रक्तदाता दिवसः भक्तपुरबाट वर्षदिनमा ४५ हजार भन्दा बढी रगत वितरण


जेठ ३१, २०७९, मङ्गलबार | विहान ०७:११ बजे | 30


१९ औं अन्तर्राष्ट्रिय रक्तदाता दिवसः भक्तपुरबाट वर्षदिनमा ४५ हजार भन्दा बढी रगत वितरण

भक्तपुर

जहाँ दुःख त्यहाँ रेडक्रस पुग्न, रेडक्रसमा हुने अनियमितता र भ्रष्टाचार रोक्न सके मात्रै रेडक्रसकर्मीहरुको शीर ठाडो हुने चर्चा गर्दै भक्तपुरमा १९ औं विश्व रक्तदाता दिवस मनाएको छ । वर्षभरी रक्तदान गरी जीवनदान गर्ने दाताहरुलाई सम्मानित गर्दै नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले आयोजना गरेको प्रभातफेरी पश्चातको कार्यक्रममा भक्तपुरबाटै निःशुल्क रगत वितरणको सुरुवाट भएको पनि जानकारी दिए । पछिल्लो एक वर्षमा रक्र सञ्चार केन्द्र भक्तपुरले २५ हजार ६३२ प्वाइट रगत संकलन गरी ४५ हजार २३६ प्वाइट वितरण गरेको छ भने संकलित रगत मध्ये एचआईभी लगायत विभिन्न कारणले ४४०० रगत डिस्पोज गरेको छ । आवश्यकता भन्दा बढी अस्पताल पुगेका रगतहरु खेर जाने गरेको पनि चर्चा भएको सो कार्यक्रममा अरु सामाग्री जस्तै क्रितिम रुपमा रगत बनाउन नसकिने भएकाले बढ्दो रगतको मागलाई धान्न रक्तदाताको महत्वपूर्ण देन रहेको चचा गरे ।
प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा क्रमिकरुपले निःशुल्क रगत वितरणको व्यवस्था गर्न सकिने उल्लेख गर्दै भक्तपुरबाटै निःशुल्क रगत वितरण सुरु भएको पनि रेडक्रस भक्तपुर जिल्ला सभपति मनोजकुमार थापाले सो अवसरमा जानकारी दिए । रगत संकलन र वितरणका लागि देशभर वार्षिक ५० करोड खर्च चाहिने रकम परिपूर्ति हुने वितिकै निःशुल्क रगत वितरण गर्न सकिने उहाँको विश्लेषण छ । परिवारका सदस्यलाई रगत आवश्यकता पर्दा भोगेको समस्यालाई मनन गर्दै भक्तपुरमा पनि रक्तसञ्चार सेवा विस्तारको सोच विकास गरेको चर्चा गर्दै रेडक्रस भक्तपुरका पूर्व अध्यक्ष केपी अवालले रगत नपाएर कोही पनि मर्न नपरोस भन्ने भनाईलाई सार्थकता दिनुपर्नेमा जोड दिनु भयो । रक्रसञ्चार केन्द्र भक्तपुरका संयोजक सोम प्रधानको सभापतित्वमा भएको सो कार्यक्रममा दुर्लभ रक्त समूहको रगत संकलन र वितरणमा समस्या रहेको उल्लेख गरे । हरेक ३।३ महिनामा खेर जाने रगतलाई दान गर्ने जनचेतना अभिवृद्धिको आवश्यकतालाई जोड दिदै विभिन्न क्षेत्रका रेडक्रस सोसाईटी तथा रक्तादान अभियान्ताहरुले आज भक्तपुरमा १९ औं अन्तर्राष्ट्रिय रक्तदाता दिवस मनाएका हुन । वर्षदिनमा एक सय भन्दा बढी रक्तदान गर्ने आयोजक, वर्षको ३।४ पटक रक्तदान गर्ने रक्तदाता, रक्तादान अभियान्ता र स्वास्थ्यकर्मी तथा प्राविधिकहरुलाई सो अवसरमा सम्मानित गर्दै रक्तदान अभियानलाई थप प्रभावकारी बनाउने अभियानमा रेडक्रस भक्तपुर लागेको रेडक्रस भक्तपुरका मन्त्री पशुराम पाण्डेले जनाए । बालकोट उपशाखा देशकै नमूनाको रुपमा रक्तदानमा सक्रिय रहेको चर्चा गर्दै काठमाण्डौ देखि सिन्धुपाल्चोकसम्मको रगत संकलन र वितरणका विषयमा सरोकारवालाहरुले सो अवसरमा आआफ्नो धारणा राखेका थिए ।

Comments