हेडौडामा पुगेर प्रदेश स्वास्थ्यमन्त्री निमा लामालाई किन धन्यवाद दिए भक्तपुरका मेयरले ?


जेठ ३०, २०७९, सोमबार | दिउँसो ०३:३३ बजे | 20


हेडौडामा पुगेर प्रदेश स्वास्थ्यमन्त्री निमा लामालाई किन धन्यवाद दिए भक्तपुरका मेयरले ?

हेटौडा । बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामासँग भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार स्वास्थ्यमन्त्रीको कार्यकक्षमा भेट गर्नुभयो ।
भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले हालै १०० शैय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त गरेको बताउनुहुँदै ख्वप अस्पताललाई १०० शैय्यामा स्तरवृद्धि गर्न सहयोग पुर्याउनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
ख्वप अस्पतालमा एमआरआई, सीटीस्क्यानलगायतका स्वास्थ्य उपकरण तथा सामाग्रीहरुको लागि आवश्यक सहयोग गरिदिन उहाँले मन्त्री लामासमक्ष लिखित आग्रह गर्नुयभो ।
ख्वप अस्पतालले नगरबासीहरुलाई घरघरमै पुगी प्रत्येक वडामा एकजना स्टाफ नर्स र स्वास्थ्य स्वयम्सेविका व्यवस्था गरी घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आइरहेको जानकारी दिनुुहुँदै सर्वसाधारण जनतालाई सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने ख्वप अस्पतालको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
सोही क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले ख्वप अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै भक्तपुर अहिले स्वास्थको केन्द्रकै रुपमा अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पतालबाट स्तरीय सेवा सुविधा उपलब्ध हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले स्थानीय तहले सञ्चालन गरेको शैक्षिक संस्थाले देशभरिका विद्यार्थीहरु लाभान्वित भइरहेको सुखद पक्ष रहेको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको उपस्थिति रहेको थियो भने नगर प्रमुख प्रजापतिले मन्त्री लामालाई मयुरको झ्याल र नपाका केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।
    

Comments