आजदेखि ख्वप कलेज देकोचामा दुईदिने आर्थिक सम्मेलन


जेठ २९, २०७९, आइतबार | विहान ०२:५९ बजे | 15


आजदेखि ख्वप कलेज देकोचामा दुईदिने आर्थिक सम्मेलन

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा आइतबारदेखि कलेजमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोश्रो राष्ट्रिय सम्मेलन सुरु हुँंदै छ । सम्मेलन जेठ २९ र ३० गते दुई दिनसम्म चल्नेछ ।
कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए । दोश्रो दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए । पहिलो र दोश्रो दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए ।
पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा धु्रबुकुमार गौतम र डा रामकुमार फुयाँल र दोश्रो दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनायो ।  सम्मेलनमा ४० जना भन्दा वढीले कार्यपत्र प्रस्तुति गर्ने कलेजले जनायो । सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले विहान गर्ने कार्यक्रम रहेको छ ।

Comments