वायु प्रदूषण सडकभरि ः मारमा भक्तपुरका ट्राफिक प्रहरी
जेठ २८, २०७९, शनिबार | दिउँसो १२:३३ बजे | 25
भक्तपुर । क्लिनिक वानको सूर्यविनायक भक्तपुरको प्राङ्गणमा शनिबार संचालित स्वास्थ्य शिविरमा भक्तपुर जिल्लाका ४३ जना ट्राफिक प्रहरीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएका छन् । भक्तपुरमा बढिरहेको वायु प्रदूषण र त्यसबाट टाफिक प्रहरीलाई परिरहेको असरलाई मध्यनजर गर्दै परीक्षण सेवा सञ्चालन गरिएको हो ।
यस अवसरमा वरिष्ठ पुल्मनोलोजिस्ट डा. राजेश किशोर यादव, कान,नाक तथा घाटीँ विशेषज्ञ डा. रुपक खड्का र आखाँ रोग विशेषज्ञ डा. टिना श्रेष्ठ तथा क्लिनिक वान भक्तपुरका कर्मचारीहरुद्धारा ट्राफिकहरुको रक्तचाप, मधुमेह, आँखा, कान, नाक, घाँटी तथाछातीको परिक्षण गरियो । त्यस्तै वँहाहरुको फोक्सोको क्षमताको पनि परिक्षण गरियो ।
यस स्वास्थ्य शिविरमा सहभागी हुनु भएका धेरै ट्राफिक प्रहरीहरुमा स्वास प्रस्वासको समस्या देखिएको छ । त्यस्तै, ट्राफिक प्रहरीहरुमा आँखाको समस्या पनि देखिएको छ ।
“सडकमा बढ्दो सवारी तथा बढ्दो वायु प्रदुषणका कारण ट्राफिक प्रहरीहरुको स्वास्थ्य जोखिममा रहेको छ, उपचारमा संलग्न डा.रुपक खड्काले भने, हामीले ट्राफिक प्रहरीहरुलाई ड्युटीमा हँुदामाक्स अनिवार्य रुपमा लगाउन सल्लाह दिएका छौँ ।”े
लायन्स क्लब भक्तपुर दरबार स्क्वायर, क्लिनिक वान भक्तपुर, धनञ्जय बचत तथा ऋण सहकारी संस्था लि. तथा उज्यालो बचत तथा ऋण सहकारी संस्था लि.द्धारा संयुक्त रुपमा स्वास्थ्य शिविर संचालन गरिएको हो । आगामी दिनहरुमा पनि यस्तै विभिन्न संस्थाहरुसगँको साझेदारीमा यस्तै कार्यक्रम गर्ने प्रतिवद्धता क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी गराउनुभयो ।