सकियो स्काई ग्रुपको व्यापार प्रवद्र्धनको लागि बृहत भेला


जेठ २८, २०७९, शनिबार | विहान ०६:०२ बजे | 25


सकियो स्काई ग्रुपको व्यापार प्रवद्र्धनको लागि बृहत भेला

काठमाडौ । भक्तपुरका प्रतिष्ठित व्यापारीहरुको सामूहिक प्रयासमा शुरु भएको स्काई ग्रुपले देशका विभिन्न व्यापारिक केन्द्रहरुका स्थापित व्यवसायीहरुलाई समाबेश गरी बृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रण गरेको छ । देशका विभिन्न जिल्लाहरु जस्तै काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, भरतपुर लगायत अन्य विभिन्न स्थानका करिब एक सय व्यवसायीहरुले यस कम्पनीमा सहभागिता जनाएका छन् ।
कम्पनीका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पूँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु कम्पनीको मुख्य उद्देश्य रहेको कुरा राख्नुभयो । त्यस्तै कम्पनीका प्रमुख सल्लाहकार युवक राजभण्डारीले कार्यक्रममा बोल्दै देशभरका उद्यमी व्यवसायीहरुलाई एकै समूहमा समाहित गर्दै अघि बढ्ने उद्देश्य लिएको कम्पनीमा धेरै क्षेत्रका अनुभवी व्यक्तिहरुको संलग्नताले कम्पनी मजबूत भएको बताउनुभयो । हार्डवेयर व्यवसायलाई प्राथमिकतामा राखेर शुरु गर्न लागिएको कम्पनीले भविष्यमा हाउजिङ्ग, रियल इस्टेट, अटोमोबाइल, र अन्य सम्भावित उद्योगहरुमा लगानी गर्ने लक्ष लिएको कुरा कम्पनीका सञ्चालक शिवप्रसाद मानन्धरले बताउनुभयो ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंंघका अध्यक्ष रबि सिंह, बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, सल्लाहकार बिकास बज्राचार्य, सल्लाहकार अजय पाण्डे, सञ्चालक अनिल साह, प्रमुख कार्यकारी अधिकृत उमेश बरालले पनि आ–आफ्नो विचार राख्न् भएको थियो । साथै कार्यक्रमका प्रायोजकहरु अम्बे स्टिल्स् र पाल्पा सिमेन्टको प्रस्तुतिकरण पनि गरिएको थियो ।


Comments