पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको विश्व कीर्तिमानी डा.उपाध्यायको गीत ‘तिलिचो ताल’ सार्वजनिक


जेठ २४, २०७९, मङ्गलबार | विहान ०५:५३ बजे | 30


पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको विश्व कीर्तिमानी डा.उपाध्यायको गीत ‘तिलिचो ताल’ सार्वजनिक

काठमाडौं । तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक समारोहबीच पाँच हजार एकसय पाँच उचाईमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत सार्वजनिक भएको हो ।
पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राईलगायतले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका हुन् । उक्त अवसरमा तिलिचो हिमालको काखमा  गरिएको लाइभ प्रस्तुतिको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी गीता अधिकारीले गरेकी थिइन् ।
उक्त एतिहासिक गीतमा सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेषप्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज र कुमार केसीको माष्टरिङ रहेको छ ।
उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन र अनिता ग्वाच्छाको श्रृङ्गार रहेको भिडियो डीआर क्रियशनमार्फत सार्वजनिक गरिएको छ ।

Comments

ताजा खबर