स्वतन्त्रताको दरिलो खम्बा घरेलु उद्योग- प्रमुख प्रजापति
जेठ २१, २०७९, शनिबार | विहान ०६:३६ बजे | 25
भक्तपुर घरेलु तथा साना उद्योग सघद्धारा स्थानीय तहको निर्वाचन २०७९ निर्वाचित मा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाका नगरप्रमुख श्री सुनिल प्रजापतिज् यू तथा नगर उप प्रमुख श्री रजनी जोशीज्युको सम्मानमा बधाई तथा सफलकार्यकालको शुभकामना व्यक्त गरियो । संघको सचिवालय सुर्यविनायक बलाक्वमा भएको उक्त कार्यक्रममा अतिथि नगरप्रमुख श्री सुनिल प्रजापतिज्यूले बधाई तथा शुभकामना व्यक्त गर्नु भएकोमा आभार व्यक्त गरी अग्रजहरुले गरेको निरन्तर प्रयास तथा निर्वाचनको बेला जनता बीच गरेको घोषणा पत्र अनुसार काम गर्दा भक्तपुर सबैको नजर परेको र सवैले भक्तपुरले प्रशंसा गरेको चर्चा गर्नुहुन्दै भक्पपुरको पहिचान भनेको यहाँको कला सास्कृति र परम्परा भएको र ती कला सस्कृति र परम्परा सँग प्रतक्ष्य सरोकार राख्ने यहाँको लघु घरेलु तथा साना उद्योग नै भएको कारण यस्ता उद्योगहरुलाई प्रवर्द्धन गर्न भक्तपुर नगरपालिकाले कोशेली घर संचालन गर्न बजेटको व्यवस्था गरेको भएता पनि कोरोनाका कारण त्यसलाई पुर्णता दिन नसकेको बताउनु भयाो ।साथै उहाँले कोरोनाको पहिलो भेरियन्टको समयमा भक्तपुर नगरपालिका भित्र बसोबास गरेको अति विपन्न अपाङ्ग एकल महिलाहरुलाई बितरण गरेको करिव ५१ लाख बराबरको ३५०० प्रति राहत प्याकेजिङ्ग गरी सहयोग गर्नुका साथै दोश्रो भेरियन्टको समय भक्तपुर नगरपालिकाले स्थापना गरेको अक्सिजन प्लान्टको लागि आर्थिक सहयोग गर्नु भएकोमा आभार व्यक्त गर्नु भयो । त्यसैगरी अर्का अतिथि उप प्रमुख श्री रजनी जोशीज्यूले आजको बधाई तथा शुभकामना कार्यक्रम एकदम पारिवारीक बातावरणका साथ गर्नु भएकोमा खुशी व्यक्त गर्नुको साथै बिगत ५ बर्षको कार्यकाल कोरोना भाईरसका कारण सोचे जस्तो नगरपालिकाले कार्य गर्न नसकेको र भक्तपुरको औद्योगिक क्षेत्रलाई हस्तकला तथा यस्तै लघु घरेलु तथा साना उद्योग स्थापनाको लागि नगरपालिकाले पहल गरिरहेको तथा यो कार्यकालमा त्यहाँ संचालित प्रदुर्षणयुक्त उद्योगलाई बिस्थापित गरी हस्तकला ग्राम बनाउने बताउनु भयो । त्यसैगरी अर्का अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष तथा संघका पुर्व अध्यक्ष श्री चन्दनकृष्ण श्रेष्ठज्यूले मानिसको जन्मदेखि मृत्य संस्कार सम्म नभई नहुने घरेलु मदिरालाई व्यवशायिकरण गर्न सके भक्तपुरका जनताको आर्थिकस्तर उकास्न मद्दत पुग्ने हुन्दा नगरपालिकाले पहल गरिदिन अनुरोध गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष श्री विरेन्द्र जतिज्यूले स्थानीय निकाय संचालन ऐनमा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन संरक्षण गर्न धेरै व्यवस्था गरेको कारण ती कार्यक्रम संचालन गर्न भक्तपुर नगरपालिकासँग भक्तपुर घरेलु तथा साना उद्योग संघ सग सहकार्य गरी अगाडि बढ्न उत्सुक भएको बताउनु भयो । संघका अध्यक्ष श्री प्रेम खर्बुजाले स्वागत गर्दै भक्तपुर नगरपालिकाले भक्तपुरको मौलिक उत्पादन भनी सुचिकृत गरेका उद्योग प्रवर्द्धन गर्नको लागि बजेटको व्यवस्था गर्न अनरोध गर्नुको साथै ती उद्योग प्रवर्द्धन गर्न भक्तपुरमा प्रवेश गर्ने पर्यटकलाई पुरुष भए भादगाउँले टोपी महिलालाई नेवारी थैलीले सत्कार गर्नु साथै भक्तपुर नगरपालिकाले जु जु धौ व्यवशायी तथा ताईचिन चिउरा उत्पादन गर्ने उद्यमी सगको सहकार्यमा भक्तपुरमा प्रवेश गर्ने पर्यटकलाई सहुलियतपुर्ण रुपमा बिक्री गरी सो बिक्री बापट दिएको सहुलियत बराबरको रकम भक्तपुर नगरपालिकाले व्यहोर्ने गरेको खण्डमा यहाँका धेरै लघु घरेलु तथा साना उद्योगको जिवन्त लामो हुने बताउनु भयो । कार्यक्रममा संघका महिला उद्यमी समितिका सभापति देवका श्रेष्ठ तथा सचिव श्यामसुन्दर श्रेष्ठले भक्तपुरका लघु घरेलु तथा साना उद्योग विकास र प्रवर्द्धन सम्बिन्धि आ आफ्नो धारणा पनि राख्नु भएको थियो