आर्क वेल्डिङ तालिम सफलतापुर्वक सम्पन्न गरेका सहभागीहरुलाइ प्रमाणपत्र बितरण


जेठ २०, २०७९, शुक्रबार | विहान ११:४० बजे | 25


आर्क वेल्डिङ तालिम सफलतापुर्वक सम्पन्न गरेका सहभागीहरुलाइ प्रमाणपत्र बितरण

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका अध्यक्ष मोहन कटुवालले  सिटिइभिटी अन्तर्गतको बालाजु स्कुल अफ  इन्जिनियरिङ एण्ड टेक्नोलोजी बालाजुले सन्चालन गरेको छोटो अवधी (३९० घण्टा) को आर्क वेल्डिङ तालिम सफलतापुर्वक सम्पन्न गरेका सहभागीहरुलाइ प्रमाणपत्र बितरण गर्दै वहाँहरुलाइ महासघले रोजगारी दिने बताउनुभयो । उक्त अवसरमा नेपालमा सन्चालित झण्डै ११ हजार ग्रील उध्योगका लागि दक्ष जनशक्तिको अभाबमा उद्योग सन्चालन गर्न समस्या परिरहेको बेला यस तालिम केन्द्रबाट उत्पादित जनशक्तिले थोरै भए पनि राहत मिलिरहेको बताए। देश भरी सन्चालित ग्रील उध्योगमा नेपाली भारती बाङ्लादेशि गरि  एक लाख सत्तरी हजार जति जनशक्ति कार्यरत छन भने अझै बीस हजार जना जनशक्ति तत्काल  आवस्यक रहेको बताउनु हुँदै बजारको माग अनुसारको तालिम  लिएका जनशक्तीहरुले स्वदेशमा रोजगारि पाउने र बिदेश जादा पनि राम्रो सेवा सुबिधा पाउने यस्तो किसिमको तालिमको महत्व रहेको बताए।  उक्त कार्यक्रममा स्कुलका प्रमुख गुणानन्द  झाले तालिम लिएका जनशक्तिले स्वदेशमा रोजगारी पाउन भन्ने उदेश्यले निजि क्षेत्रसग सहकार्य गरेर  निडबेसमा तालिम सन्चालन गर्दै जाने तालिमे प्रशिक्षार्थीहरुलाइ ओजिटिको लागि निजि क्षेत्रका उध्योगमा समेत पठाउने लक्ष्य लिएको बताउनु भयो ।कार्यक्रममा  उपप्रमुख उमा श्रेष्ठले यो छोटो अवधिको तालिम साधारण लेख पढ गर्न सक्ने देखि उच्च शिक्षा हासिल गरेकाले  आफ्नो घरबाट नै तालिममा जान सक्ने र खाजा भत्ता सहित निशुल्क तालिम पाउने हुदा यस किसिमको तालिमको माग  बढदै गएको बताइन । मेकानिकल प्रशिक्षक इस्वरि लाल श्रेष्ठले बिदेशमा समेत काम गरि अनुभव बटुलेका र प्लस टु पास गरेका  प्रशिक्षार्थी समेत तालिम लिन आएको हुदा तालिम दिन र उनिहरुलाइ बुझाउन सहज भएको बताए। तालिममा देशका विभिन्न भागबाट सहभागिता जनाएका थिए।

Comments