भक्तपुर चेम्वरले गरयो लिडरशीप एण्ड मोटिभेसन तालिम


2022-05-29 11:20:30

News Image

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको आयोजना, भक्तपुर जेसिज, भक्तपुर लेडि जेसिज र भक्तपुर जुनियर जेसिजको सहआयोजना तथा एलिभेट एकेडेमीको प्राविधिक सहयोगमा आइतबार भक्तपुरमा लिडरशीप एण्ड मोटिभेसन सम्बन्धी तालिमको आयोजना भयो । तालिममा विभिन्न क्षेत्रका गरी ४१ जना सहभागीहरु लाभान्वित भएका छन् । सो क्रममा अष्ट्रेलिया, न्यूजिलैण्डका लागि नेपालका पूर्व राजदूत महेश दाहालले तालिममा सहजीकरण गर्नुभएको थियो ।
तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष देवेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको संयोजन भक्तपुर नगर चेम्बरका उपाध्यक्ष एवं एलिभेट एकेडेमीका सञ्चालक रश्मी सिल्पकारले गर्नुभएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *