महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान ः मन्त्री भुसाल


जेठ १४, २०७९, शनिबार | विहान ०९:४२ बजे | 25


महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान ः मन्त्री भुसाल

ललितपुर । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा शनिवार पाँचौं जनचेतनामूलक साइकल यात्रा भएको छ । एक्पोज नेपालको आहयोजनामा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएको बताइन । उनले महिलालाई सम्मान गर्नुपर्ने भन्दै विगतमा जनचेतना नहुँदा महिलाले आफ्नै घरबाट विभेद भोग्नुपरेको उल्लेख गरिन ।
मन्त्री भुसालले महिलाको स्वास्थ्यमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, “यो गर्वको कुरो हो तर महिला हुनु पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।”मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध आवाज बुलंद गर्दै आइरहेको र नेपाली महिलाहरू महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी हुँदा गरिने विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने भन्दै साइकल ¥यालीको आयोजना गरिएको बताए । बिहान साढे सात बजे वसन्तपुरबाट सुरु भएको साइकल ¥याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वाएर पुगेर समापन गरिएको थियो । ¥यालीमा ३५० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता रहेको थियो ।

पुनः प्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र स्वच्छ वातावरणका हिसाबले महत्त्वपूर्ण रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ

Comments