भक्तपुर । भक्तपुर नासमनाको एउटा ऐतिहासिक भजन घर मन्दिर बन्यो तर गजुर हालिएन जस्तैको अवस्था भएको छ । भक्तपुर नगरपालिका वडा नं ४ नासमनामा अवस्थित श्यामसुन्दर राश भजन घर पुननिर्माण सम्पन्न भएको दुई वर्ष जस्तो भए पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म प्रयोगविहीन जस्तै बनेको हो ।
भजन घर एक करोड २५ लाखको लागत इष्टमेटमा निर्माण सम्पन्न भएको थियो । भजन घर प्रयोगमा ल्याउन रंगरोगन, विद्युत, पानी आदिको व्यवस्था नहुँंदा भजन घर प्रयोगिविहीन जस्तै बनेको हो । यी कामका लागि तीन लाख रुपैयाँंको लागत इष्टमेट थियो । तर त्यो तीन लाख रुपैयाँं अड्किंदा भजन घर निर्माण सम्पन्न भएको यति लामो वर्ष भए पनि प्रयोगविहीन जस्तै बनेको हो ।
स्थानीय डा इन्दुल केसीले हाती छिरयो, पुछ्र अड्क्यो जस्तो अवस्था अहिले भजन घरमा भइरहेको बताए । पुरातत्व विभागले पुननिर्माणका लागि एक करोड भन्दा वढी पैसा दिएको तर सामान्य रंगरोगनलगायतका काम गर्न तीन लाख रुपैयाँं निकासा नहुँंदा भबन प्रयोग गर्न नमिलिरहेको उनले सुनाए ।
उनका अनुसार स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरले पुरातत्व विभागलाई रकम पठाउन पनि पटकपटक ताकेता गरिरहेको छ । तर विभाग वा केन्द्र सरकारले चासो नदेखाउँंदा अहिलेसम्म पनि रकम निकासा हुन नसकेको र भबन प्रयोगमा समस्या देखिएको उनले सुनाए ।
२०७२ सालको महाभूकम्पबाट भजन घरमा क्षति पुगेको थियो । पछि यो भजन घर वस्न नमिल्ने अयोग्यमा परेको थियो । यसपछि भजन घरको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा पुननिर्माण गर्न लगाएको थियो ।
विक्रम संवत् १९९४ मा स्थापित यो भक्तपुरकै पुराना भजन घर मानिन्छ । यो श्यासुन्दर रास भजन मण्डल र श्री मुलाँंखु गणेश ढल्चा भजन दुईवटाको संयुक्त स्वामित्वमा रहेको छ ।  
भजन घरको भुईतल्लामा दुई वटा पसल कवलहरु छन् । निजी व्यक्तिहरुलाई भाडामा दिइएको यी पसलहरु भने सञ्चालित छन् । माथिल्लो तल्ला मात्रै सञ्चालनमा ल्याउन समस्या परेको हो । रकम अभावले भजन घर भजनका लागि सञ्चालनमा ल्याउन समस्या भइरहे पनि निकै कम दरमा पसल कवल लिइरहेका भाडावालहरुले भजन घरलाई तिर्नुपर्ने बहाल कर नतिरिंदिंदा थप समस्या भएको बताइएको छ ।  
भजन घर भक्तपुर नगरको मुख्य बजार बाटो नासमनामा रहेको छ । भजन घर चार तल्लाको छ । ढलान नगरी परम्परागत रुपमै भजन घर बनाइएको छ । इटा माटो जोडाइबाटै भजन घर बनाइएको हो । अगाडिको फेस पनि परम्परागत रुपमै छ । माथि छानामा काठ राखेर झिंगटी छाइएको छ ।  
भनज घरभित्र श्यासुन्दर रारा रुक्मिनीको आकर्षक मूर्ति पनि स्थापित भइसकेको छ । भजन घर पुननिर्माणका लागि नक्सा पास र डिजाइन भक्तपुर नगरपालिकाले निःशुल्क रुपमा गरिदिएको थियो । पछि पुननिर्माणका लागि भने पुरातत्व विभागले पैसा हालेर ठक्कामा बनाइदिएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments