आजदेखि खुल्यो भक्तपुरको लुध्वाका


जेठ १३, २०७९, शुक्रबार | विहान ०९:०७ बजे | 5


आजदेखि खुल्यो भक्तपुरको लुध्वाका

भक्तपुर । कोरोनाका कारण वन्द गरिएको भक्तपुरको दरवार स्वायरस्थित भक्तपुरको तलेजु भवानीको मेन गेट स्वर्णद्धार (गोल्डेन गेट) शुक्रबारदेखि खोलिएको छ । भक्तपुर श्री तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले भक्तपुर नगरपालिकाको कार्यालय र जिल्ला प्रशाशन कार्यालयमा यसका लागि विहीबार लिखित निवेदन दर्ता गरी माग गरेका थिए ।
द्धार विगत साढे दुई वर्षदेखि सर्वसाधारणका लागि वन्द गरिंदै आएको थियो । दर्शनाथीहरुको पटकपटकको आग्रह अनुरुप श्री तलेजु भवानीमा सर्वसाधारणलाई भित्र पठाउन भयो भने जनाउ पाउन अनुरोध गरिएको थियो ।

Comments