भक्तपुरमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’
जेठ १०, २०७९, मङ्गलबार | विहान ११:०२ बजे | 5
भक्तपुर । भक्तपुरको चाँगुनारायणमा नेपालमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखापरेको छ । जिल्लाको चाँगुनारायण क्षेत्रका साथै कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका १२ मा सो भाइरस देखापरेको हो ।
सोही कारण हालसम्म १ हजार १९ वटा सुँगुरको मृत्यु भइसकेका छन्।
पशु सेवा विभागले १ हजार ४ सय २६ वटा शंकास्पद र १ हजार ३ सय ६४ वटा बिरामी फेला परेको जनाएको छ ।
यो रोगबाट संक्रमण भएमा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखापर्छ । बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने जनाएको छ । यो रोगका कारण मृत्यु भएका पशुको मासु नखान विभागले अनुरोध गरेको छ ।