ताग्मोल्हुअीज्यीन रनमोबुद्धको महिमा र यसको सम्बन्ध विश्वभरका बुद्ध र बुद्धपथसँग रहेको पाइन्छ। बुद्धको जन्म लुम्बिनीमा हुनु पहिलेको जन्ममा नमोबुद्धमा महसत्वका रूपमा रहेका थिए। नमोबुद्ध तीर्थका सम्बन्धमा बुद्धोपदेसहरूमा उल्लेख बोधिसत्व महापुरूष ङीङतोब छेन्पो (महासत्व)ले भोकाएकि सुत्केरी बघिनी र ५ डमरूहरूलाई आफ्नो सम्पूर्ण शरिरअर्पण गरी जीवन उद्धार गर्नु भएको यो महादानपुण्यको दृष्टान्त विश्वभर बौद्धजगतमा लोकप्रिय छ।
महायानी जातकमालामा र थेरवादी बौद्ध जगतमा यो दानपारमिताको गाथा पाइन्छ । यही कारण विश्वभरबाट बौद्ध महापुरूष एवं बौद्ध भिक्षुहरू र उपासक, उपासिकाहरुले नमोबुद्धको तिर्थाटन गर्ने गरिन्छ । यो जातकमालाको बुद्धोपदेस विभिन्न देशहरुमा पाइनुले नमोबुद्ध नेपालमात्र नभएर अन्तराष्ट्रिय बौद्ध जगतमा पनि रहेको विषयवस्तुको निम्नानुसारथप विवरणहरू अध्यनमा पाइएको छ।
(क) नमोबुद्ध तीर्थको नेपालमा वर्णन
नमोबुद्धमा हरेक वर्ष विभिन्न समयमा स्वदेश तथा विदेशबाट बौद्धहरूले तीर्थाटन गर्ने गरेको छ। उत्तरी बौद्ध समुदायको तामाङ, ह्योल्मो, शेर्पा, ल्होमी, सिङसावा, थुदाम, भोटे, मनाङग्ये, हुम्ली, मुगाली, नुप्री, चुम्बा, गुरूङ आदि बौद्ध समुदायले “ताग्मो ल्हुअीज्यीन ने” भनेर तिर्थाटन गर्ने गरेका छन्। नमोबुद्ध अर्थात् नमुरा भनेर नेवार बौद्ध समुदायमा अलग महिमा र महत्व रहेको पाईन्छ । नमोबुद्धको बारेमा महायान बौद्ध परम्पराको वाङमयमा “ताग्मो ल्हुअीज्यीनक्यी दो“ अर्थात् बघिनी ‘जीवनदान सुत्र बुद्धोपदेस’ ९गुरुङ र लामा, २०६८, ३९० तथा “नेपालका तीन महाचैत्यहरूको ईतिहास” ९लामा र शेर्पा, २०६६०, र स्वयम्भू पुराण ग्रन्थमा यो वृतान्त रहेको छ।
(ख) चीनमा नमोबुद्ध तीर्थको जातकमाला र महिमाःचीनको उत्तरपश्चिम प्राचीन हजार बौद्ध गुफा गोन्पा रहेको गान्सु प्रान्तको तुनह्वाङका बौद्ध गुफा मन्दिरहरूको नेपालसँग प्राचीन कालदेखि सम्बन्ध रहेको पाइन्छ। तुनव्हाङको गुफा संख्या २५४ को भित्तेचित्रमा नेपालको नमोबुद्धतीर्थसँगजोडिएको महासत्व राजकुमारले भोका बघिनी र डमरुहरुलाई शरिरदान गर्नु भएको गाथाचित्र कुँदिएको छ।
तुनव्हाङका विषयमा विश्वभरबाट थुप्रै अनुसन्धाताहरूले अध्ययन गरेका छन्। चीनको तुनव्हाङ बौद्धकेन्द्रमा भेटिएको बौद्ध वाङमयमा समेत बघिनी जातक भेटिएको छ। तुनह्वाङ एकाडेमीको चलचित्र प्रदर्शन गरिने ३६० डिग्रीको सिनेमा थिएटरमा आज पनि ताग्मोल्हुइजीनको कथाको चित्रण गरिएको वृत्तचित्र प्रदर्शन गरिंदै आएको छ । तुव्हाङको बौद्ध गुफामा नमोबुद्धको बुद्धको पूर्वजीवनको ऐतिहासिक घटना चिनिया कलाशैलीमा भित्तेचित्रहरूमा चित्रित गरिएको संरक्षित छ । यहाँ नमोबुद्ध भन्ने स्थान नेपालमा भएको बारे जानकारी नपुग्दा चीनको तुनव्हाङको गुफामा रहेको व्याघ्री जातकको नमोबुद्ध घटना नेपालमा नभइ भारतमा भएको उल्लेख गरिएको छ । तरपनि नमोबुद्धको यो घटना महासत्वले बघिनी र डमरुहरुलाई शरिर दानको कथा चीनमा प्राचीन काल देखि लोकप्रिय रहेको पाइएको छ।
(ग) जापानमा नमोबुद्ध तीर्थ बारेको जातकमाला
नमोबुद्धको जातक कथाको भित्तेचित्र जापानको तामामुसी जापानी शैलीको स्तुपामा भेटिएको छ । साझा सम्वत सन ६५० को पुष्टि भएको छ । यो जापानी शैलीको तस्विर-६ क मा दिइएको काठको फलेकमा लखिएको यो थाङका चित्र आजभोली जापानको होर्यु सम्पदा घरू मा संरक्षण गरि राखिएको छ । यो जापान भेटिएको ताग्मोल्हुअीच्यान नमोबुद्धको भोकाएकी बघिनी र डमरूहरू अनि महासत्व राजकुमारको जीवनदानसँग जातकसँग जोडिएको स्पष्ट छ । यो परम्परा विज्ञहरूले चीनको उत्तरी वेअी ९३८६-५८४० राजवंश कालीन चित्रकला परम्परासँग मिल्दो ९“ब्च्त्ज्द्धण्ट(त्बmबmगकजष्(क्जचष्लभ(ँक्ष्ल्ब्ी।एमा”०रहेको भएको बताएका छन् । त्यसकारणको नमोबुद्धको महासत्व जातकको महिमा जापानमा पनि रहेकोभेटिन्छ । <!--[if gte mso 9]><xml>
</xml><![endif]--><!--[if gte mso 9]><xml>
Normal
0
false
false
false
EN-US
X-NONE
X-NONE
</xml><![endif]--><!--[if gte mso 9]><xml>
</xml><![endif]--><!--[if gte mso 10]>
<style>
/* Style Definitions */
table.MsoNormalTable
{mso-style-name:"Table Normal";
mso-tstyle-rowband-size:0;
mso-tstyle-colband-size:0;
mso-style-noshow:yes;
mso-style-priority:99;
mso-style-qformat:yes;
mso-style-parent:"";
mso-padding-alt:0in 5.4pt 0in 5.4pt;
mso-para-margin-top:0in;
mso-para-margin-right:0in;
mso-para-margin-bottom:8.0pt;
mso-para-margin-left:0in;
line-height:107%;
mso-pagination:widow-orphan;
font-size:11.0pt;
font-family:"Calibri","sans-serif";
mso-ascii-font-family:Calibri;
mso-ascii-theme-font:minor-latin;
mso-fareast-font-family:PMingLiU;
mso-fareast-theme-font:minor-fareast;
mso-hansi-font-family:Calibri;
mso-hansi-theme-font:minor-latin;
mso-bidi-font-family:Mangal;
mso-bidi-theme-font:minor-bidi;}
</style>
<![endif]-->
(घ) श्रीलंकामा नमोबुद्ध तीर्थ बारेको जातकमाला
नमोबुद्ध तीर्थको बारेका जातककथा दक्षिणी बौद्ध धर्मजगतको ९थेरावादी बौद्ध समुदायमा० त्रिपिटकमा उल्लेख छैन। तर, थेरावदी बौद्ध जगतमा यो नमोबुद्ध घटनाका कथा भने लोकप्रिय रहेको जापानी अनुसन्धाता मात्सुमुरा ९२०१४० ले आफ्नो अध्ययनमा उल्लेख गरेका छन् ।
मात्सुमुराले प्राचीनकालमा चिनिया बौद्ध भिक्षु फासियान श्रीलंका पुगेको वखत यो बघिनी र डमरूलाई बोधिसत्वद्वारा शरिरदान गरेको महाकारुणिक कथा पाँचौ शताब्दीमा श्रीलंकामा रहेको बताइको छ। चिनिया बौद्ध भिक्षु तथा तीर्थयात्री फासियान ९सन ३२०–४२०० ले उनको (सन ४१०–४१२) ताकाको यात्रामा त्यहाँका महाराजाले बुद्धको दन्त अस्तुधातु उत्सवमा सुनाइने जातकहरूमा “भोकले ग्रस्त बघिनी” जातक सुनाएको बताएका छन् ।
मात्सुमुराका अनुसार एउटा विशिष्ठ पाठ्यपुस्तकका पाठहरूमा रहेको बघिनी जातक चिनिया भिक्षु फाश्हेङ ९सन ४०६–४७९० चिनिया भाषामा अनुवाद गरेको थियो। मात्सुमुराले एक अर्को पङ्तिमा फासियान तथा फाश्हेङ चिनिया बौद्ध भिक्षुहरू भारत तथा श्रीलंकाको तिर्थाटनमा गएको २० वर्षपछि जुनबाटो भएर गएका थिए सोहि बाटो फर्कंदा फासियान र फाश्हेङले तक्षशिलाबाट बोधिसत्वले बघिनीलाई आफ्नो शरिर जिवनदान गरिएको स्थानमा पुगेका थिए, भन्ने उल्लेख गरिएको छ । सम्भवत त्यो ठाँउ यदि भोकाएकी बघिनीलाई महासत्वले आफ्नो शरिर त्याग गरेकैस्थान हो भने उनीहरु नमोबुद्ध पनि आइपुगेको संकेत यसले गर्दछ। यस सम्बन्धमा थप अध्ययन आवश्यक छ ।
(घ) चिनिया तिब्बत, भुटान तथा भारतमा नमोबुद्ध तीर्थको बघिनी जातकमाला
नमोबुद्ध तीर्थको वृतान्तनेपाल, चीनिया तिब्बत तथा भुटानमा घरघरमा वाचन गर्ने गरिएको लोकप्रिय बुद्धवचन सुत्र–संग्रहलाई सुङदी अर्थात् तामाङ समुदायमा दोमाङ रहेको छ। बुद्धवचन दोमाङ सुत्र संग्रहमा “फाग्पा ताग्मोए श्युपा श्येज्यावा थेक्पा छेन्पोइदो” शिर्षकमा पाईन्छ ९लामा र शेर्पा, २०६६०। यो ग्रन्थ नेपाल, भुटान, भारतको सिक्कीम, दार्जिलिङ, अरुणाचल प्रदेश, हिमालचल प्रदेश आदिमा लोकप्रिय छ । जसको कारण शाक्यमुनी गौतम बुद्धको पूर्वजीवनकालमा महासत्वले बघीनीलाई जीवनदान गर्नुभएको स्थान भएकोले बौद्ध धर्मगुरु तथा अनुयायीहरु नमोबुद्धमा तिर्थाटन गर्ने गरेका छन्। तिब्बतमा जन्मनुभएका महापण्डित ठ्राङगु रिन्पोछेबाट यहाँ अन्तराष्ट्रिय बौद्ध अध्ययन केन्द्र तथा ठ्राङगु मेडिटेसन सेन्टरको स्थापनाले नमोबुद्धको महिमा नेपाल बाहिर विदेशमा समेत परिचित गरएका छन्।
(ङ) रसियाको बुरियात रिपब्लिकमा नमोबुद्ध तीर्थको जातकमाला सिद्धार्थ गौतमबुद्ध पूर्व जीवनकालमा राजकुमार ङीङतोब छेन्पो ९महासत्व०ले भोकाएकी बघिनी र डमरुहरुलाई आफ्नो शरिरीर दानगर्नु भएको घटनाको थाङ्का चित्र रसियाको बुरियात गणतन्त्रमा संरक्षित छ। स्टारभिङ्क टाइग्रेस टेल बुरयाटिया, १८००–१८९९, बुदिष्ट लिनेज उल्लेखित खनिज रंग अर्थात् पत्थर९रंग प्रयोग गरीएको थाङकाचित्र बुरियात स्थित इतिहास संग्रहालयमा रहेको छ । यो नमोबुद्ध तीर्थसँग सम्बन्धित घटनाको यो थाङ्का(चित्र संघीय रसियाका बुरियात साइबेरियाको पूर्वमा पर्दछ। यसको सम्बन्ध युरोप महाद्विपको एक मात्र बौद्ध मुलुक क्रिजिकिस्तान क्षेत्रको बौद्ध मुलुक मंगोलिया र चीनको ऐतिहासिक तुनव्हाङ बौद्ध गुफासँग पनि छ। यसरी नेपालको काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेको नमोबुद्धको प्राचीन घटनासँग रसियाका बौद्ध समाजसम्म पुगेको देखिन्छ (नमोबुद्धको घटनासँग सम्बन्धित बुरयातमा रहेका थाङकाचित्र तस्विर–३ मा हेर्नु होला) ।