भक्तपुरमा सीप बिकास तथा रोजगारी सृजनाको पहल
जेठ ९, २०७९, सोमबार | दिउँसो १२:४३ बजे | 30
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ तथा न्यूनतम सुबिधाबिहिन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम (युसेप) सानो ठिमी भक्तपुरबीच सीप बिकास तालिम तथा रोजगार प्रबर्ध्दन सम्बन्धी परियोजना अघि बढाउने बिषयमा सम्भाव्यता पहिल्याउन एक छलफल तथा अवलोकन कार्यक्रमको आयोजना गरियो । संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा गएको पदाधिकारी सम्मिलित टोलीले युसेपको हाताभित्र रहेका बिभिन्न सीपमूलक तालिम कक्षहरुको अवलोकन गर्यो ।
युवा बेरोजगारीको समस्या हल गर्न सीप हस्तान्तरण तथा रोजगार प्रबर्ध्दन एवं स्वरोजगारको बिकासमा योगदान गर्न बिभिन्न सीपमूलक तालिमहरुको आयोजना गर्दै आएको युसेपसंग संघले सहकार्य गर्दै संयुक्त कार्यक्रमहरु आयोजना गर्ने बिषयमा गहन छलफल भएको छ । यसरी भक्तपुर जिल्लामा रहेका युवाहरुलाई तालिमको अवसर प्रदान गरी स्थानीयस्तर मै रोजगारी सृजना गरी युवाहरुको बिदेश पलायन रोक्न सकिने बिश्वास लिन सकिन्छ ।