परिषदको पुरस्कार घोषणा


जेठ ५, २०७९, बिहीबार | विहान ०४:४८ बजे | 0


परिषदको पुरस्कार घोषणा

काठमाडौं । नेपाल भाषा परिषद्ले कवि केशरी चित्तधर ह्रदयको ११६ औं जन्म जयन्तीको अवसरमा विविध विधाका ६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ ।
परिषदको कार्यसमितिको बैठकले भाषा थुवाको उपाधि कवि नवीन चित्रकारलाई, चित्तधर सिरपा कवि डा.आनन्द जोशीलाई, मोतिलक्ष्मी सिरपा कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपा कथाकार तथा उपन्यासकार केदार सितुलाई, ठाकुरलाल सिरपा नियात्राकार विमलप्रभा बज्राचार्यलाई र पूर्णहीरा सिरपा समालोचक कुन्दनप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरु नेपालभाषा साहित्यमा विगत चार साढे चार दशकदेखि विविध विधामा क्रियाशील रहेर योगदान गरिरहेकाले उक्त सम्मान तथा पुरस्कार दिने निर्णय गरिएको परिषदले जनाएको छ ।
परिषद्ले सो पुरस्कार यही जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्नेछ ।

Comments