आयो भक्तपुर नगरपालिकाको रिजल्ट, विपक्षीहरुको जमानत जफत
जेठ २, २०७९, सोमबार | विहान ०७:४३ बजे | 10
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार २ सय मत पाएका छन् । उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए । त्यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन् । उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन् । यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु) सवै विजयीं) भएको हो । नगरपालिकामा विपक्षीहरुको भने जमानत जफत भएका छन् ।