बुद्ध जयन्तीको अवसरमा भक्तपुरमा गरियो शान्ति दौड
जेठ १, २०७९, आइतबार | दिउँसो ०२:०६ बजे | 70
भक्तपुर । बुद्ध जयन्ती समारोह समिति भक्तपुरको आयोजनामा आइतबार भक्तपुरमा शान्ति दौड भएको छ ।
मुनि बिहार इनाचो भक्तपुरदेखि वाचामारी बुद्ध पार्कसम्म शान्ति दौड आयोजना भएको हो । जयन्तीकै अवसरमा सोमबार जेठ २ गते बु्द्ध पुर्णिमाको दिन बिहान मुनि बिहारबाट बुद्ध रथ नगर परिक्रमा गरिने आयोजकले जनाएको छ । साथै साझँ ङातापोल मन्दिरमा विशाल बुद्ध चित्र प्रदर्शण तथा दिपावली कार्यक्रम रहेको जनाएको छ ।
संयुत राष्ट्र सँघ महासभाले सन् १९९९ को आफ्नो प्रस्ताव ५४÷११५ मार्फत विश्वको सबैभन्दा पुरानो धर्ममध्येको एक बौद्ध धर्मले साढे दुई हजार वर्षदेखि निरन्तरता दिँदै आएको योगदानको कदर गर्न अन्तर्राष्ट्रिय रूपमा बुद्ध पूर्णिमाको दिनलाई वैशाख दिवसको रूपमा मान्यता दिएको छ । नेपालको लुम्बिनी शाक्य राजकुलमा राजा सुद्धोधन र माता मायादेवीको सुपुत्रको रूपमा जन्म लिई बुद्धत्व प्राप्त गरेका शाक्यमुनी गौमत बुद्धले सम्पूर्ण मानव सभ्यता तथा मानव कल्याणको लागि दिनुभएको अहिंसा, शान्ति, करूणाको शिक्षा तथा दुःख र दुःखको निरोधबारे सिकाउनु भएका शील, समाधी र प्रज्ञाको मार्ग नै बौद्ध धर्मको रूपमा संसारभर फैलिएको छ ।